काठमाडौँ । रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेसँगै विश्व बजारमा देखिएको पेट्रोलियम पदार्थको अभाव कम गर्न अमेरिकी राष्ट्रपति जो बाइडनले तेल निकाल्न आदेशका दिएका छन् ।
राष्ट्रपति बाइडनले उच्च ऊर्जा मूल्य घटाउने र पेट्रोलियम पदार्थको अभाव कम गराउने प्रयास स्वरूप अमेरिकी रणनीतिक भण्डारबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका हुन् ।
उनले आगामी ६ महिनासम्म १८ करोड ब्यारल तेल निकाल्न आदेश दिएका हुन् । अमेरिकाले सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो ।
तर, विश्लेषकले दैनिक १० लाख ब्यारल पेट्रोलियम पदार्थ निकाल्दैमा ऊर्जा संकट समाधान नहुने चेतावनी दिएको छ ।
हाल अमेरिकासँग रणनीतिक पेट्रोलियम भण्डारमा ५६.८ करोड ब्यारेल तेल रहेको छ । सन् १९७० को दशकको ऊर्जा संकटलगत्तै अमेरिकाले यस्तो तेल भण्डारण गर्दै आएको हो ।
ती भण्डारहरू टेक्सस र लुइजियाना राज्यको जमिनमुनी रहेका छन् । सन् २००९ मा अमेरिकाले सबैभन्दा उच्च ७० करोड ब्यारल तेल भण्डारण गरेर राखेको थियो । एजेन्सी