काठमाडौं- काठमाडौं महानगरपालिका-८ गौशलास्थित नमस्ते पूर्बेली गेष्ट हाउसमा ललितपुर ईमाडोल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भएकी २९ वर्षीया बिमला तामाङ मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
Advertisement
दैलेख गुँरास गाउँपालिका-५ चिप्लेडाँडा बस्ने चित्र बहादुर रानाको छोरा ११ वर्षीय मान बहादुर राना सोही ठाउँस्थित भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । गत फागुन २३ गते देखि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
पर्सा वीरगंज महानगरपालिका-१६ ईनर्वा भन्सार पछाडि भारत र नेपालको सिमाना दशगजाभित्र सोही महानगरपालिका-२५ खलवा टोला सिर्सिया बस्ने २१ वर्षीय राना उपेन्द्र साहको शव खाल्डोमा गाडिएको अवस्थामा मंगलबार फेला परेको छ ।