काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को कार्यकारी बोर्डले अर्जेन्टिनालाई देशको ऋण दिगोपन सुदृढ गर्न र उच्च मुद्रास्फीतिको सामना गर्न ४४ अर्ब अमेरिकी डलर दिने भएको छ।
‘आईएमएफको कार्यकारी बोर्डले आज अर्जेन्टिनाको ४४ अर्बको विस्तारित कोष सुविधाअन्तर्गत ३० महिना विस्तारित व्यवस्थालाई अनुमोदन गर्यो,’ शुक्रबार विज्ञप्तिमा भनिएको छ। आईएमएफले सार्वजनिक वित्तलाई सुदृढ पार्ने र निरन्तर उच्च मुद्रास्फीतिलाई कम गर्न शुरु गर्ने लक्ष्य राखेको छ।
‘अर्जेन्टिनाले असाधारण आर्थिक र सामाजिक चुनौतीहरूको सामना गरिरहेको छ, जसमा निराशाजनक प्रतिव्यक्ति आय, उच्च गरिबीको स्तर, लगातार उच्च मुद्रास्फीति, भारी ऋणको बोझ र कम बाह्य बफरहरू छन्, यस पृष्ठभूमिमा अधिकारीको आर्थिक कार्यक्रमले व्यावहारिक र यथार्थपरक उद्देश्य सेट गर्दछ, बृहत् आर्थिक स्थायित्वलाई सुदृढ गर्न र अर्जेन्टिनाका गहिरो बसेका चुनौतीलाई सम्बोधन गर्नका लागि विश्वसनीय नीतिहरूका साथसाथै,’आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले भनिन्।