काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी विश्वका उत्कृष्ठ १० अलराउन्डरको सूचीमा परेका छन् ।
Advertisement
आइसिसीले जारी गरेको टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका हुन् ।
ऐरीले एक स्थान सुधार गर्दै दशौं नम्बरमा हुदाँ वरीयताको शीर्ष स्थानमा बंगलादेशका शकिब अल हशन छन्।
दोस्रो स्थानमा श्रीलंकाका विनन्दु हर्षरंगा, तेस्रो स्थानमा अफगानिस्तानका मोहमद नाबी, चौथो स्थामा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा दक्षिण अफ्रिका एडिन मक्रम, छैटौं स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, सातौं स्थानमा भारतका हार्दिक पाण्ड्या, आठौं र नवौं स्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन र मोइन अली छन्।
अलराउन्डरको वरीयतामा नेपालका कुशल मल्ल ३२औं, गुल्सन झा ६०औं, रोहित पौडेल ६५औं र करण केसी ७४औं स्थानमा छन्।