इस्लामाबाद । पाकिस्तानले सरकारी लगानीका सबै उद्योग तथा संस्थानहरू निजीकरण गर्ने जनाएको छ ।
मंगलबार पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले सुरूमा नोक्सानमा रहेका कम्पनीहरू निजीकरणमा लैजाने बताएका हुन् ।
आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानले सरकारी लगानीका सबै उद्योग तथा संस्थानहरू निजीकरण गर्ने भएको हो। यसमा नोक्सानमा रहेको पाकिस्तान अन्तर्राष्ट्रिय विमानस्थल समेत छ।
सरकारले व्यवसाय गर्ने नभई व्यवसाय गर्ने वातावरण बनाउने भन्दै सरिफले सबै मन्त्रालयलाई यस दिशामा काम गर्न र निजीकरण समितिसँग सहकार्य गर्न निर्देशन दिएका छन्।
निजीकरण सम्बन्धमा भएको बैठकमा सन् २०२४ देखि २०२९ सम्म गरिने निजीकरणको रोडम्याप समेत प्रस्तुत गरिएको द एक्सप्रस ट्रिब्युनले उल्लेख गरेको छ।
यसअघिको अन्तर्राष्ट्रिय मुद्रा कोष कार्यक्रमको कारण पाकिस्तानको आर्थिक अवस्थामा सामान्य सुधार आएको छ।