• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

इन्टरनेटमा देखिएको विक्रिती न्युनिकरणका लागि बनेकाे नियमावलीप्रति आपत्ति


    Avatar photo
बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित

काठमाडौँ । सरकारले यही फागुन १९ मा जारी गरेको ‘संशोधित राष्ट्रिय प्रसारण नियमावली, २०७८ प्रति सरोकारवालाहरूले कडा असन्तुष्टि जनाएका छन् ।

Advertisement

अनलाइन टिभी पत्रकार संघको सहकार्यमा नेपाल पत्रकार महासंघ, डिजिटल तथा अनलाइन विभागले आयोजना गरेको प्रसारण नियमावली माथिको समीक्षा कार्यक्रममा सरोकारवालाहरूले कडा असन्तुष्टि जनाएका हुन । उनीहरूले इन्टरनेटलाई सरकारले गलत तरिकाले बुझेको, असम्भव र अव्यवहारिक काममा हात हालेको र सरोकारवालाहरूसँग छलफल समेत नगरेकाले अपरिपक्व निणर्य भएको भन्दै सरकारको आलोचना समेत गरेका थिए । नियमावली संशोधनमा मुख्य भूमिका खेलेको सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालप्रति आक्रोश व्यक्त गर्दै कतिपय सहभागीहरूले हास्यास्पद र आधारहीन आइडिया कसरी आउँछ भन्दै प्रश्न गरेका थिए ।

इन्टरनेटमा सरकारको नियन्त्रण असम्भव रहेको र यो सरकारको सम्पत्ति पनि नभएकोले इन्टरनेटमा लाइसेन्स दिन र माग्न सरकारले नमिल्ने विज्ञहरूको भनाई थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सरकारले कानुन निर्माण गर्दा सरोकारवालासँग सुझावसहित निर्माण गर्ने विगतको अभ्यासलाई बेवास्ता गर्दै नियमावली ल्याएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले कतिपय पुराना र कतिपय निर्माणाधीन कानुनले नै अहिलेका समस्यालाई सम्बोधन गर्ने दावी गर्दै त्यसलाई छलेर सरकारले विवादित प्रसारणसम्बन्धी नियमावली ल्याउँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने देखिएको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नियमावलीलाई कानुनी दस्तावेज मान्न सकिने आधार नै नभएको टिप्पणी गर्नुभयो । उहाँले नियमावलीलाई “जोरजाम गरेको कागज”को संज्ञा दिनुभयो । अध्यक्ष बस्नेतले सरोकारवालासँग छलफल नै नगरी सरकारले यो नियमावली कहाँबाट ल्यायो भन्दै प्रश्न गर्नुभयो । उहाँले सामान्य प्रक्रिया पनि पुरा नगरेको र विज्ञ तथा सरोकारवालाहरूसँग छलफल नगरेकोले धेरै त्रुटि भएको बताउनुभयो ।

महासङ्घका पूर्वसभापति तारानाथ दाहालले सरकारले प्रजातन्त्रको मूल्य मान्यतालाई अवमूल्यन गरेको र इन्टरनेटको मर्म, चरित्र र क्षमतालाई बुझ्न नसकेको टिप्पणी गर्नुभयो। लोकतान्त्रीक व्यवस्था र लोकतन्त्रवादी सरकार भएका बेला नियमावलीमा थपिएका यस्ता व्यवस्थाले आम बुद्धिजीवी र लोकतन्त्रवादीमा चरम निराशा छाएको अनुभव सुनाउनुभयो । नेपालको नियति नै अलोकतान्त्रिक व्यवस्थाका विरुद्धमा लडिरहनु परेको उल्लेख गर्दै उहाँले कति समयसम्म लडिरहने भनेर अलोकतान्त्रिक निणर्यलाई पनि सहने तिर जाने चिन्ता व्यक्त गर्नुभयो । नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देलले विज्ञ तथा सरोकारवालाहरूको कुरा सुन्दा नियमावलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने देखिएकाले त्यसलाई तत्काल संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । अनलाइन टिभी पत्रकार संघ, नेपालका अध्यक्ष जीवन भण्डारीले नियमावलीमा रहेको इन्टरनेट टिभीका लागि इजाजत लिनुपर्ने व्यवस्था अवैज्ञानिक भएकाले खारेज हुनुपर्ने र अनलाइन टिभीको परिभाषा परिमार्जन गर्नुपर्ने माग राख्नुभयो । महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवालको स्वागत र महासंघको अनलाइन विभागका संयोजक रमेश खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा रातोपाटी डटकमका सम्पादक अरुण बराल, अनलाइन पत्रकार संघका पूर्व अध्यक्ष प्रवेश सुवेदी, मिडिया एक्सन नेपालका लक्ष्मणदत्त पन्त, युनिमी नेपालका अध्यक्ष गोविन्द धिताल, इन्टरनेट फाउन्डेसनका अध्यक्ष बिक्रम श्रेष्ठ, अनलाइन टिभी पत्रकार संघका पुर्व उपाध्यक्ष रोहित भण्डारी, अधिवक्ता भरत पोखरेल लगायतका विज्ञ तथा सरोकारवालाहरूले नियमावली सच्याउन आवश्यक रहेको धारणा राख्नुभएको थियो ।
जवाफमा सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले सरकारले ल्याएको संशोधित राष्ट्रिय प्रसारण नियमावली, २०७८ का केही प्रावधानबारे गलत बुझाइ देखिएकाले निर्देशिका मार्फत स्पष्ट पार्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले अभिव्यक्ति नियन्त्रण गर्ने र सामाजिक सञ्जाललाई खुम्च्याउने सरकारको नियत नभएको दावी गर्दै इन्टरनेटमा देखिएको विक्रिती न्युनिकरण गर्ने प्रयास मात्रै भएको स्पष्ट पार्नुभयो ।

बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.