काठमाडौँ । रुसले युरोपेली परिषद् (सीओई) त्याग्ने घोषणा गरेको छ । युक्रेनमाथि सैन्य आक्रमण गरेसँगै रुसलाई सीओईबाट निकाल्नु पर्ने माग उठिरहेको अवस्थामा रुस आफैले परिषद् त्याग्ने बताएको हो ।
Advertisement
परिषद् त्याग्नुअघि रुसी विदेश मन्त्रालयले त्यसबारे महासचिव मारिजा पेजसिनोभिक बुरिकलाई सोबारे जानकारी गराएका थिए ।
रुसको यस्तो निर्णयसँगै परिषद्सँगको २५ वर्ष लामो सम्बन्ध तोडेको छ । योसँगै रुसले मानव अधिकारसम्बन्धी युरोपेली सन्धिमा हस्ताक्षर गर्ने छैन । यसैगरी रुसी नागरिकले मानव अधिकारसम्बन्धी युरोपेली अदालतमा पहुँच राख्न सक्ने छैन ।
युरोपेली परिषद्मा सदस्यता त्याग्ने रुस दोस्रो देश हो ।