काठमाडौँ । विश्वको सबैभन्दा लामो कार फेरि एकपटक सार्वजनिक भएको छ । यस कारमा बाथटब, टेलिभिजन, स्विमिङ पुल, गोल्फ कोर्स तथा हेलिप्याडको समेत सुविधा रहेको छ ।
यस कारले आफ्नो पछिल्लो रेकर्ड तोडेको हो । गिनिज बुक वर्ल्ड रेकर्डका अनुसार ‘द अमेरिकन ड्रिम’ नामको यस कारको लम्बाई ३०.५४ मिटर रहेको छ ।
गिनिज बुकले यो कार पहिलोपटक सन् १९८६ मा बुरब्यांकले अमेरिकाको क्यालिफोर्नियामा बनाएका थिए । त्यस समय उनले यो कारको लम्बाई ६० फिटको बनाएका थिए । त्यसबेला २६ वटा पांग्रा भएको यस कारको अगाडिपछाडि दुवैतिर इञ्जिन राखिएको थियो । अहिले यो कारको लम्बाई केही बढेको छ ।
कारको हेलिप्याडको संरचनाको तल्लो भागमा स्टिलको कोष्ठक भएका गाडीहरू बनाइन्छ । द अमेरिकन ड्रिम नाम गरेको यो कारको पुनर्स्थापना माइकल म्यानिङले गरेका हुन् । कारमा फ्रिज, टेलिफोन र धेरै टेलिभिजन सेटहरूसमेत राखिएको छ । गिनिज बुक वल्र्ड रेकर्डका अनुसार कारमा एकसाथ ७५ जनासम्म बस्न सक्ने छन् । एजेन्सी