काठमाडौँ । भारतको पञ्जाबमा आम आदमी पार्टीको नेतृत्वमा सरकार बन्ने भएको छ । जारी विधानसभा निर्वाचनको मत गणनाको प्रारम्भिक नतिजामा आम आदमीले ८४ सिटमा अग्रता लिएको छ ।
कूल ११७ सिटका लागि भइरहेको निर्वाचनमा आम आदमीको अग्रता लिएको हो । आम आदमीले दिल्लीपछि पञ्जाबमा सरकार बनाउने संकेत देखिएको हो ।
यसअघि पञ्जाबमा कांग्रेस नेतृत्वको सरकार रहेको थियो । यस निर्वाचनमा कांग्रेस १५ सिटमा अगाडि देखिएको छ । अकाली पनि समान १५ सिटमा नै अगाडि देखिँदा भारतीय जनता पार्टी (भाजपा) २ सिटमा सिमित बनेको छ ।
उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भने अन्य दलहरुभन्दा भाजपा अगाडि छ ।
उत्तरप्रदेशमा भाजपासहितको गठबन्धन २४८, समाजवादी पार्टी (सपा) गठबन्धन १०८, कांग्रेस ८, बसपा ८ र अन्य दल ४ सिटमा अगाडि छन् ।
उत्तराखण्डमा भाजपा ४०, कांग्रेस २६ र आम आदमी १ र अन्य पार्टी ३ सिटमा अगाडि छन् । गोवामा भाजपा २०, युपीए गठबन्धन १३, टिएमसी ४, आम आदमी १ र अन्य २ सिटमा अगाडि छन् । मणिपुरमा भाजपा २६, कांग्रेस १३, एनपीएफ ७, एनपीपी ५ र अन्य दल ९ सिटमा अगाडि छन् ।