काठमाडौँ । रुस र युक्रेनबीच जारी युद्धका बीच बेलारुसका प्रधानसेनापतिले पदबाट राजीनामा दिएका छन् । प्रधानसेनापति भिक्टर गुलेभिचले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
Advertisement
गुलेभिचले बेलारुसका जनताहरू युक्रेनीविरुद्ध युद्धमा जान नसक्ने भन्दै राजीनामा दिएका हुन् । उनले एक विज्ञप्ति जारी गर्दै आफूले पदबाट राजीनामा दिएको जानकारी गराएको युक्रेनी समाचार संस्था किभ पोष्टले जनाएको छ ।
उनले आफूले कुनै पनि बटालियन रणनीतिक समूहलाई व्यवस्थित गर्न नसक्नेसमेत बताएका छन् ।