काठमाडौँ । पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोकी छोरी आसिफा भुट्टो पञ्जाबमा इमरान सरकारविरुद्ध ुरोड शोु आन्दोलनमा रहेकी थिइन् । सोही क्रममा उनको अनुहारमा ड्रोन ठोकिँदा घाइने भएकी छन् ।
Advertisement
आन्दोलनमा आसिफाका भाइ तथा पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी०का प्रमुख बिलावल भुट्टोसमेत सँगै बसेका थिए । घटनालगत्तै ड्रोन चालकलाई सुरक्षाकर्मीले
पक्राउ गरेका थियो ।
आन्दोलनमा आसिफा ताली बजाइरहेकी थिइन् । उनको अनुहारमा ड्रोन ठोकिँएसँगै उनी भुँईमा ढलेकी थिइन् । उनलाई तुरन्तै अस्पताल लगिएको थियो ।
ब्रिटेनमा पढाई सकेपछि उनी पछिल्लो साल मात्रै राजनीतिमा सक्रिय भएकी थिइन् । राजनीतिमा आउनुअघि उनी विभिन्न कार्यक्रममा आफ्नो भाषणमार्फत प्रधानमन्त्री इमरान खानको विरोध गर्दै आएकी थिइन् ।