काठमाडौँ । युक्रेनको हमलामा परी ४९८ रुसी सेना मारिएका छन् । रुसी रक्षा मन्त्रालयका अुनसार युक्रेन हमलामा ४९८ जना रुसी सुरक्षाकर्मीको मृत्यु भएको हो ।
Advertisement
रुसले पहिलोपटक आफ्नो सेनातर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेभन्दा धेरै रुसी सैनिक मारिएको दाबी गरेको छ ।
यस्तै, रुसी हमलामा ठूलो संख्यामा सर्वसाधारणको हताहती भएको युक्रेनले जनाएको छ । बुधबारको तथ्यांकअनुसार रुसी सेनाको आक्रमणमा ३५२ सर्वसाधारण मारिएका छन् ।
यसैबीच दक्षिणी मारिउपोलमा भएका हमलामा सयौं हताहत भएको समाचार जनाइएको छ ।