• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

कांग्रेसमा ट्‍विस्ट : साँच्चिकै एक ठाउँ उभिएका हुन् शेखर-गगन?


बुधबार, पुष ११, २०८० मा प्रकाशित

काठमाडौं- डा. शेखर कोइराला समूहले कोशी प्रदेश सरकार निर्माण क्रममा गरेको विद्रोहपछि कांग्रेसभित्रको ‘विपक्षी बेन्च’ केही समय धर्मरायो। ‘विराटनगर विद्रोह’ नाम दिएको त्यस घटनाको ठ्याक्कै दुई महिनायता कांग्रेस वरिष्‍ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा नेतृत्वको ‘विपक्षी बेन्च’ फेरि एक ठाउँमा आएको आभास भएको छ। तर, त्यो कति दीगो होला? शंकाको सुविधा अद्यापि छ।

Advertisement

२७ असोजको त्यो विद्रोहले कोशी प्रदेशलाई मात्र होइन, राष्‍ट्रिय राजनीतिलाई नै तरंगित बनाएको थियो। केन्द्रीय सत्ताका दलहरूको गठबन्धन तोडेर डा. शेखर निकटस्थ समूहका सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेको साथ लिइएको थियो, २७ असोजमा। त्यसबाट केन्द्रीय सत्तामा पनि कांग्रेसको डा. शेखर समूह र एमालेबीच तालमेल भएर राजनीतिको नयाँ कोर्स अगाडि बढ्ने आकलन गरिएको थियो। तर, त्यसो भएन। हतारमा केन्द्रीय सत्ता गठबन्धनले डा. शेखरको विद्रोहलाई अनुमोदन गर्‍यो। र, राजनीतिको नयाँ कोर्स अगाडि बढ्नै पाएन।

तथापि, शेखर र गगनबीच २७ असोज अगावैदेखि सम्बन्धमा न्यानोपना देखिएको थिएन। खासगरी, शेखर पार्टी सभापति शेरबहादुर देउवा निकटस्थ देखिन थालेपछि गगनले दूरी बढाएका थिए। जस्तो- १५ असोजमा राष्‍ट्रिय सभागृहमा आयोजित ‘१४औं महाधिवेशनको संकल्प : उत्साह, एकता र रूपान्तरण’ शीर्षकको विचार गोष्‍ठीमा डा. शेखर उपस्थित भएनन्। भन्‍नलाई त्यसलाई शेखर समूहको भेला भनियो तर शेखर नै त्यहाँ गएनन्।

झन्, कोशीमा डा. शेखर निकटस्थ सांसदहरूले गरेको विद्रोहले कांग्रेसभित्रको ‘विपक्षी बेन्च’लाई असमन्जसमा पारिदियो। त्यस बेन्चभित्र आन्तरिक विवाद यति चर्कियो कि भविष्‍यमा डा. शेखर र गगन एकै ठाउँ उभिनेमा शंकाको वातावरण सिर्जना भयो। तर, २७ मंसिरको बैठकपछि कांग्रेसको ‘विपक्षी बेन्च’ फेरि एकै ठाउँ आएको छ।

र, यसपटक यस बेन्चले नयाँ नाम पाएको छ, कांग्रेस रूपान्तरण अभियान। किन यस्तो नाम जुराइयो? ‘अब व्यक्तिको नेतृत्व खोज्नेभन्दा एजेन्डाको राजनीति अगाडि बढाउनुपर्ने आवश्यकता देखियो,’ विपक्षी बेन्चका सक्रिय नेता तथा केन्द्रीय सदस्य मधु आचार्य भन्छन्, ‘रूपान्तरणको बेन्च अहिले झन्-झन् बलियो हुँदै गएको छ। व्यक्तिको फेर समातेर राजनीति गर्ने कुरा नै गलत हो। ध्रुवीकरण एजेन्डामै हुनुपर्छ। र, त्यसो हुन सक्दा पार्टीलाई ऊर्जा पनि मिल्छ। व्यक्तिगत रिसरागबाट पार्टीमा रूपान्तरण पनि आउँदैन भन्‍ने बुझाइ पछिल्लो समय बाक्लिएको छ। र, सोहीअनुरूप एक ठाउँमा उभिएका छौं।’

पार्टीको १४ औं महाधिवेशनमा यो समूह एकै ठाउँमा थियो। डा. शेखर र गगनबीच राम्रो सम्बन्ध पनि थियो। तर, कोशीको राजनीतिक घटनाक्रमपछि शेखर र गगनबीच विवाद चुलिएको थियो। कोशीमा शेखरले एकलौटी रूपमा विद्रोह गर्दै एमालेसँग मिलेर सरकार बनाएपछि गगनसँग दूरी बढेको थियो। संघीय सरकारमा इतर समूहबाट मन्त्रीको नाम पठाउँदा पनि सल्लाह नगरेपछि गगन बिच्किएको उनीहरू निकट नेताहरू बताउँछन्।

असमझदारी चुलिँदै जाँदा समूहका केही नेताले शेखरलाई महामन्त्रीविनै समूहको बैठक डाक्न दबाबसमेत नदिएका होइनन्। र, डा. शेखरले त्यसै गरे पनि। तथापि, सोही समूहका प्रभावशाली नेता अर्जुननरसिंह केसीको मध्यस्थतापछि डा. शेखर र गगन फेरि एकै ठाउँ उभिन पुगेका हुन्। नेता केसीकै घरमा भएको भनिएको ‘गोप्य बैठक’ यसको प्रस्थानविन्दु थियो। २६ मंसिरको त्यो बैठकमा के सहमति भएको थियो भन्‍ने डा. शेखर र गगन दुवैले मुख खोलेका छैनन्। तथापि, त्यस बैठकपछि दुवै नेता सँगसँगै देखिन थालेका छन्।

त्यसको भोलिपल्ट डा. शेखरले बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा ‘विपक्षी बेन्च’को भेला डाकेका थिए, जसमा गगन नजाने लगभग तय थियो। तर, तीन घण्टा लामो ‘गोप्य’सँगै गगन थापा समूहको भेलामा सहभागी भएका थिए। र, त्यस भेलामा पार्टी उपसभापति धनराज गुरुङ, अर्जुन नरसिंह केसी, बलबहादुर केसीलगायत नेता पनि सहभागी थिए।

पछिल्ला दिनमा शेखर र गगन दुवैले आफूहरूबीच कुनै समस्या नभएको प्रष्‍ट्याउने गरेका छन्। अनुपम फूडल्यान्डको भेलामा पनि उक्त समूहका नेताहरूले पछिल्लो समय भएको विमतिको विषयमा प्रश्‍न उठाएका थिए। र, उनीहरूले कुनै समस्या नभएको स्पष्‍टीकरण दिएका थिए।

बैठकपछि सञ्‍चारकर्मीसँग कुराकानीमा कोइरालाले भनेका थिए, ‘नेपाली कांग्रेस ठीक चलिराखेको छैन। देश ठीक चलिराखेको छैन भन्‍न खोजेको हो, समूह ठीक छ। एजेन्डामा हाम्रो कुनै पनि डिफरेन्सेन्स छैन। एजेन्डामा महामन्त्री ज्यू र मेरो कुनै फरक छैन। के हुन्छ भने उहाँको र मेरो उमेर फरक छ। मेरो र उहाँको सोचाइ फरक छ। त्यो स्वाभाविक हो। त्यसले मात्र हो। हाम्रो एजेन्डामा फरक छैन।’

महामन्त्री गगनले पनि सञ्‍चारकर्मीसँग भनेका थिए, ‘हाम्रोभित्र संवादको जरुर कमी भयो। महिनौंपछि बैठक बसिरहेका छौं। एकअर्काबीच गर्ने संवाद, समूहमा गर्ने संवाद र सांसदहरूसँग गर्ने संवादमा असाध्यै कमी भयो। जहाँ संवाद कम हुन्छ, त्यहाँ असमझदारीहरू विकास हुन्छन्। हाम्रा फरक-फरक मतहरू हुन्छन्। कम छलफल हुँदा हामीबीच असमझदारी बनेको हो। राजनीतिक, सांगठनिक रूपमा हामी सबै एकै ठाउँमा छौं। पार्टीभित्रको सुधारमा एउटै छ। सुशासनको सन्दर्भमा एउटै छ। तर, कार्यशैलीमा हाम्रो भिन्‍नभिन्‍न तरिका रहे। यसलाई संवादबाट हल गर्नुपर्छ।’

विगतका व्यक्ति केन्द्रित ध्रुवीकरणहरू पछिल्लो समयमा शिथिल बन्दै गएको केन्द्रीय सदस्य आचार्य बताउँछन्। भन्छन्, ‘विगतमा व्यक्ति केन्द्रित ध्रुवीकरणले पार्टीलाई वैचारिक रूपले कमजोर बनाउँदै गयो। मूल एजेन्डामा ध्यान केन्द्रित कसैको भएन। राम्रो नराम्रो, ठीक बेठीक जे गरेर भए पनि व्यक्ति समात्ने र व्यक्तिकै आधारमा भर्‍याङ उक्लिने या ओर्लिने प्रवृत्ति मौलायो। पार्टी सदस्य धेरै भए तर ऊर्जा कमजोर हुँदै गयो। त्यसैले अब व्यक्ति केन्द्रित समूह निर्माणको विषय होइन, एजेन्डा केन्द्रित समूह निर्माण हुन्छ। व्यक्ति केन्द्रित ध्रुवीकरण समाप्तै हुनुपर्छ।’

सोही समूहका अर्का एक केन्द्रीय सदस्य कोशीको घटनाक्रमले कांग्रेसको ‘विपक्षी बेन्च’ले विद्रोह पनि हुन सक्छ है भन्‍ने देखाएको तर त्यसयता उक्त बेन्च नै ‘कता हरायो हरायो’को अवस्थामा रहेको बताउँछन्। ‘देशको प्रतिपक्ष पनि कता हरायो कता हरायो। कांग्रेसमा पनि प्रतिपक्ष दिशाविहीनजस्तो भएको छ।’ उनका अनुसार कांग्रेसभित्र सभापति देउवाको पक्षका ८७ प्रतिशत केन्द्रीय सदस्य छन्। र, संसदीय दलमा पनि ७५ प्रतिशत बहुमत देउवाकै छ। त्यसैले पार्टीभित्र संस्थापन समूहको एकछत्र राज छ। ‘सहमति, सहकार्यभन्दा पनि अधिकारको कुरा यहाँ बढी भयो। विधानअनुसार सभापति पावरफुल छन्। केन्द्रीय समितिमा पनि सभापतिकै बहुमत छ,’ उनी भन्छन्, ‘विपक्षी बेन्चले केही गर्न नसक्ने भयो। एउटा संस्थागत विरोध गर्न नम्बर नपुग्ने भयो। अर्को- सभापति आफनो बहुमतका आधारमा चलेका छन्। त्यसले अहिले पार्टी कार्यकर्तामाझ चर्को निराशा मात्र छ।’

‘कांग्रेसका २६ सय महाधिवेशन प्रतिनिधि, गणेशमान पुत्र प्रकाशमान सिंह, बीपी पुत्र शशांक कोइराला र महेन्द्रनारायण पुत्र विमलेन्द्र निधिले यस्तै कांग्रेस चाहेका हुन् त?’ उनी प्रश्‍न गर्छन्, ‘कांग्रेस सभापतिका रूपमा शेरबहादुरको पहिलो कार्यकाल पनि सबैले देखेकै थिए। उनले पटक-पटक नेतृत्व गरेका सरकारका सुशासन पनि देखेकै थिए। के कांग्रेसीहरू यस्तै चाहने हुन् त? देश पनि यस्तै, पार्टी पनि यस्तै?’

बुधबार, पुष ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.