• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

चीन जोड्ने सुक्खा बन्दरगाह कहिले आउँछ सञ्‍चालनमा ?


आइतबार, पुष ०८, २०८० मा प्रकाशित

काठमाडौं- रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२ टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माणले पछिल्लो समय गति लिएको छ।

Advertisement

कोभिड-१९ महामारी र कामदार अभावका कारण निर्माणले गति लिन सकेको थिएन। पछिल्लो समय अवस्था सहज भएसँगै बन्दरगाह निर्माणको कामले गति लिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। निर्माण शुरु भएको चार वर्ष बितेको छ। हालसम्म ५५ प्रतिशत काम सम्पन्‍न भएको गजुरेलले बताए।

चीनको तिब्बतस्थित ‘टिबेट फुली कन्सट्रक्सन ग्रुप लिमिटेड’ले बन्दरगाह निर्माणको जिम्मा पाएको छ। २० नोभेम्बर २०१९ मा शिलान्यास गरी औपचारिक रूपमा काम शुरु भएको थियो। निर्माण शुरु गरिएको ३० महिनाभित्र काम सम्पन्‍न गर्ने सम्झौता थियो।

कोभिड-१९ महामारी, चिनियाँ कामदार चीनबाट निर्माणस्थलमा आउन नसक्नुलगायत कारण कामले गति लिन सकेन। बन्दरगाह निर्माणको अवधि सकिई अहिले दोस्रोपटक म्याद थपिएको छ। उक्त बन्दरगाह सन् २०२५ सम्ममा निर्माण गरिसक्नुपर्ने सम्झौता छ। सम्झौता अगावै निर्माण कार्य सम्पन्‍न गर्ने लक्ष्‍यका साथ कामलाई तीव्रता दिइएको ‘टिबेट फुली कन्सट्रक्सन ग्रुप लिमिटेड’का म्यानेजर याङ इलीले बताए। याङका अनुसार खोला किनारमा मेसिनरी वाल लगाउने काम सम्पन्‍न भएको छ।

यस्तै, निर्माणस्थल जाने सडक अन्तिम चरणमा छ। अहिले पार्किङस्थल सम्याउने, गोदामघर निर्माणका लागि फाउन्डेसनको काम सम्पन्‍न गरी संरचनामा छाना छाउने काम भइरहेको उनले जानकारी दिए। ‘अहिले कामलाई गति दिएका छौं। काम सहज बनाउन सबैको साथ सहयोग पाएका छौं,’ उनले भने, ‘तोकिएको समय अगावै निर्माण सम्पन्‍न गर्छौं।’

चीन सरकारको सहयोगमा दुई देशको आयात-निर्यात सहज बनाउने उद्देश्यसहित बन्दरगाह निर्माण गरिन लागेको हो। नेपाल र चीनबीच भएको सम्झौताअनुसार चिनियाँ पक्षले सुक्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। उक्त बन्दरगाह निर्माणमा करिब १२ करोड ४० लाख चिनियाँ युआन खर्च हुने अनुमान छ। चीन सरकारको आर्थिक सहयोगमा अन्तर्राष्‍ट्रियस्तरको सुविधासम्पन्‍न बन्दरगाह निर्माणाधीन छ।

८.५ हेक्टरमा निर्माणाधीन बन्दरगाहमा एउटा मुख्य भवन रहने छ। त्यसमा प्रशासनिक कामका लागि भन्सार, क्वारेन्टाइन, बैंक, ल्याब, सुरक्षालगायत कार्यालयहरू रहने रसुवागढी भन्सार कार्यालयले जनाएको छ। ३१५ भन्दा बढी ट्रक र कन्टेनरहरू राख्‍न सकिने गरी पार्किङस्थल निर्माण हुनेछ।

यस्तै, ७५० वर्गमिटरमा गोदामघर निर्माण हुनेछ। चीन सरकारको सहयोगमा चिनियाँ पक्षले रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माणको काम शुरु गरेको हो। बन्दरगाह निर्माणको काम सम्पन्‍न भएपछि अहिले भइरहेको अस्तव्यस्तता हट्ने विश्‍वास छ।

आइतबार, पुष ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.