• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

गाउँ-गाउँमा घन्कियो महिला हिंसाविरुद्ध आवाज !


सोमबार, पुष ०२, २०८० मा प्रकाशित

काठमाडौं- रसुवाको गोसाईंकुण्ड गाउँपालिका-१ थुम्मनकी पेम्बा याङजेन तामाङलाई अब छोराछोरीलाई शिक्षामा विभेद गर्नु हुँदैन भन्‍ने राम्रोसँग थाहा भइसकेको छ। उनले  हिंसा गर्नु मात्र नभई हिंसा सहनु पनि अपराध रहेको भन्‍नेसमेत बुझेकी छन्।

Advertisement

विगतमा चुलो, चौको, मेलापातमा मात्र सीमित रहने महिलालाई सचेत गराउन गाउँघरमा सक्रिय महिला समूहले समेत भूमिका वहन गरेको छ। ‘पहिला त हामी जति नै अरूको दबाबमा रहेर कसैलाई भन्‍न सक्ने थिएनौं। धेरैजसो घरेलु हिंसा हुन्थ्यो, पीडामाथि पीडा थुपारेर बस्‍न बाध्य थियौं,’ उनी भन्छिन्, ‘तर, अब बोल्ने आँट आउँछ।’

उनका अनुसार संघसंस्था र सरकारी निकायले ग्रामीण भेगको घरदैलोमै पुगी चलाएका अभियानको सकारात्मक प्रभाव देखिन थालेको छ। महिलाका समस्या महिला समूहबाटै बढी उजागर हुने गरेका छन्। यसले पीडा सहनु हुँदैन भनेर हौसला दिने गरेको छ।  तामाङ भन्छिन्, ‘महिला समूहको बैठक बसी के छ समस्या भन्‍नेबारे खुलेर कुरा गर्छौं र कसैलाई समस्या परेको छ भने त्यसबारे के गर्ने भन्‍ने निर्णय लिन्छौं।’

हिंसा भएमा खुलेर कुरा गर्ने र समस्याको समाधान खोज्‍न पछि नहट्ने गोसाईंकुण्ड-१ थुम्मनकै चेङा डोल्मा तामाङ बताउँछिन्। महिला हिंसाबारे अहिले खुलेर आवाज उठाउने गरेको उनको भनाइ छ। अहिले विगतमा जस्तै दिदी-बहिनीले पीडा लुकाएर बस्‍ने जमाना नरहेकामा उनी प्रष्‍ट छिन्। भन्छिन्, ‘हिंसा लुकाएर होइन, फुकाएर समाधान गर्नुपर्छ भनेर एकले अर्कालाई भन्‍ने गरेका छौं।’

विगतमा जति हिंसा भए पनि सहेरै बस्‍न बाध्य महिलाहरू अहिले भने हिंसाविरुद्ध आवाज उठाउन थालेका छन्। ग्रामीण क्षेत्रका महिला  घरको कुरा प्रहरी कार्यालयसम्म पुर्‍याउँदा समाजमा परिवारको इज्जत जाने भन्दै कुण्ठा पालेर बस्‍ने गर्थे। पछिल्लो समय शिक्षा र चेतनाको विकासले ग्रामीण महिलाहरू हिंसाविरुद्ध खुल्न थालेको सरोकारवालाको भनाइ छ।

विभिन्‍न अभियानका प्रभावले महिलाहरू आफूमाथि भएका हिंसाविरुद्ध न्याय माग्दै प्रहरी र अदालतसम्म पुग्‍न सक्षम भएको रसुवाका महिला अधिकारकर्मी बताउँछन्। रसुवा महिला सञ्‍जालकी अध्यक्ष सुनितामाया गुरुङका अनुसार अहिले दैनिकजसो महिलाहरू कुनै न कुनै समस्याबारे खुलेर बताउन आइपुग्छन्। ‘सचेतना पाएसँगै पहिलाभन्दा अहिले महिलाहरू खुलेर आफ्ना समस्याहरू राख्नुहुन्छ। दैनिक जसो गुनासा तथा समस्या लिएर आउनुहुन्छ,’ उनी भन्छिन्, ‘घरेलु हिंसासम्बन्धी समस्या लिएर आउने धेरै छन्।’

रसुवा मात्र होइन, देशभरका ग्रामीण भेगका महिला हिंसाबारे खुल्न थालेका छन्। परिवार तथा समाजमा बेइज्जत हुने डरले हिंसा हुँदा पनि मनमै दबाएर राख्ने उनीहरू अब भने आफ्नो समस्या निर्धक्क सुनाउन थालेका छन्। चेतना अभावमा महिलाले यसअघि हिंसा सहने गरेकामा अब भने त्यस्तो समस्या क्रमशः हट्दै गएको सरोकारवालाको भनाइ छ।

यसमा स्थानीय सरकार, गैरसरकारी संघसंस्था र अधिकारकर्मीहरूले भूमिका उल्लेख्य रहेको सञ्‍जालकी अध्यक्ष गुरुङ बताउँछिन्। विभिन्‍न निकायले सञ्‍चालन गर्ने अभियानको सकारात्मक प्रभाव ग्रामीण भेगसम्म देखिन थालेको छ।

बेरोजगारी र कमजोर आर्थिक अवस्थाका कारणसमेत घरमा झगडाका घटना बढी हुने गरेका छन्। गुरुङका अनुसार श्रीमानले कुटपिट गरेकोदेखि घरमा हुने अपमानसम्मका घटनाहरूमा महिलाहरू खुल्न थालेका छन्। यसरी आउने गुनासोमध्ये सामान्य घटनामा सम्झाइबुझाइ गर्ने र जटिल प्रकारका घटनामा कानूनी उपचारमा जान सल्लाह दिने गरिएको उनी बताउँछिन्। उनका अनुसार परामर्शको अभावले समेत कहिलेकाहीं घरझगडा हुने गरेको छ। सामान्य झैझगडामा दुवै पक्षलाई सँगै राखेर मिलाइने गरेको छ।

रसुवा प्रहरीका अनुसार अहिले परिवारमा झैझगडाका उजुरीसमेत दर्ता हुन थालेका छन्। यस्तो अवस्थामा समेत प्रहरीले दुवै पक्षलाई सम्झाइबुझाइ गर्छ। गुरुङ भन्छिन्, ‘कतिपय त सम्झाइबुझाइ गर्दा मिलेर जानुभएको छ। केही भइहालेमा प्रहरीले लगेर थुनिदिए हुन्थ्यो, बोलाइदिए हुन्थ्यो भन्‍ने किसिमको छ। नागरिकहरूले सचेतना पाएसँगै अहिले समाज सुसूचित भएको पाइन्छ।’

स्थानीय तहमा हुने कार्यक्रममा बढ्दो सहभागिता  

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार महिला दिवस वा केही महिला विशेष कार्यक्रममा अहिले महिलाहरूको सहभागिता उल्लेख्य हुने गरेको छ। विगतमा आमा, दिदी-बहिनी नआउने गरेकोमा अब त्यो समस्या नरहेको उनी बताउँछन्।

गाउँपालिकामार्फत हुने कार्यक्रमले हिंसा सहने बानी क्रमशः हट्दै गएको उनको ठम्याइ छ। तामाङका अनुसार गाउँपालिकामार्फत पनि महिला सशक्तीकरणका कार्यक्रमहरू सञ्‍चालन गरिएका छन्। ‘पहिला आफ्नो परिचय भन्‍नसमेत डराउने आमा, दिदी-बहिनी अहिले खुलेर बोल्नुहुन्छ,’ उनी भन्छन्।

रसुवामा घरेलु हिंसा, बहुविवाह, बालविवाह, बलात्कार प्रयासलगायत घटना भएको पाइन्छ। कतिपय घटनाहरू मिलापत्रबाट समाधान भएको पाइन्छ भने कतिपय कानूनी कारवाहीमा पनि गएका छन्।

सोमबार, पुष ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.