काठमाडौं- रूस र युक्रेनबीच जारी तनावबारे नेपालले औपचारिक धारणा सार्वजनिक गरेको छ।
Advertisement
परराष्ट्र मन्त्रालयले बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै पछिल्लो समय विकसित भइरहेका घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ।
संयुक्त राष्ट्रसंघको सदस्य हुनुका नाताले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख भएबमोजिम कुनै पनि मुलुकको सार्वभौमिकता र अखण्डताको पूर्ण सम्मान गर्नुपर्ने पक्षमा रहेको विज्ञप्तीमा उल्लेख छ ।
नेपालले कुनै पनि सार्वभौम मुलुकविरूद्ध कुनै पनि परिस्थितिमा शक्तिको प्रयोग गर्ने कुराको नेपालले विरोध गर्ने पनि विज्ञप्तीमा लेखिएको छ ।