• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

पूर्वी युक्रेनमा सेना पठाउने रुसको घोषणाबाट विश्व राजनीतिमा तरंग


मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित

Advertisement

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका पूर्वी भागमा दुई क्षेत्र लुहान्स्क र दोनेत्स्कलाई अलग राज्यको मान्यता दिँदै त्यस क्षेत्रमा सेना पठाउने घोषणा गरेपछि विश्व राजनीति तरंगित भएको छ ।

ती दुवै क्षेत्र रुस समर्थित विद्रोही समूहको कब्जामा छन्। सोमबार राति एक टेलिभिजन सम्बोधनपछि पुटिनले ती दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको आदेशमा हस्ताक्षर गरेका छन्। र, ती दुवैमा रुसी सेनाले शान्ति स्थापना गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन्।

दुवै क्षेत्रमा सन् २०१४ देखि पृथकतावादी आन्दोलन जारी छ। र, पृथकतावादी विद्रोहीलाई रुसले साथ दिँदै आएको छ। लुहान्स्क र दोनेत्स्क प्राचीन रुसी क्षेत्र रहेको दाबी पुटिनको छ।
संयुक्त राष्ट्रसंघले युक्रेनका दुई क्षेत्र डोनेट्स्क र लुहान्स्क (डिपिआर र एलपिआर) लाई रुसले दिएको स्वतन्त्र राज्यको मान्यता राष्ट्रसंघको बडापत्रविपरीत भएको टिप्पणी गरेको छ।

ती क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएर रुसले युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लंघन गरेको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले टिप्पणी गरेका हुन्।

प्रवक्ता डुजारिकले भनेका छन्, ‘युक्रेनको डोनेट्स्क र लुहान्स्कलाई लिएर रुसले गरेको निर्णयबाट महासचिव धेरै चिन्तित हुनुहुन्छ। उहाँले मिन्स्क सम्झौता अनुसार पूर्वी युक्रेनी द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि आह्वान गर्नुभएको छ। जसलाई सुरक्षा परिषद्ले प्रस्ताव २२०२ (२०१५) मा अनुमोदन गरेको हो।’

राष्ट्रसंघले महासभाको प्रस्तावहरू अनुरूप युक्रेनको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमानामा पूर्ण रूपमा समर्थन गर्ने बताएको छ।

राष्ट्रसंघले विज्ञप्ति जारी गर्दै भनेको छ,’संयुक्त राष्ट्रसंघका महासचिवले कूटनीतिलाई प्राथमिकता दिँदै युक्रेन र वरपरको तनावपूर्ण अवस्थालाई थप जटिल बनाउने कुनै पनि कार्य रोक्न, तत्काल शत्रुता अन्त्य गर्न, नागरिक र नागरिक पूर्वाधारको संरक्षणमा आफ्नो प्रयास केन्द्रित गर्न सबै सम्बन्धित पक्षहरूलाई आग्रह गर्दर्छाैं।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार साँझ करिब एक घण्टा लामो भाषण गर्दै युक्रेनी नियन्त्रणमा रहेका ती दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका थिए। साथै उनले ती क्षेत्रको शान्ति सुरक्षाका लागि रुसी सेना पठाउने निर्णय समेत गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन र पुटिनबीच शिखर सम्मेलन गरी युक्रेनसँगको सीमा विवाद समाधान गर्न पहल भइरहेका बेला पुटिनको यो कदमले थप तनाव निम्त्याएको छ। अहिले सोही विषयमा छलफल गर्न सुरक्षा परिषद्को आकस्मिक बैठक जारी छ।

पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने तथा त्यहाँ शान्ति स्थापनाको बहानामा सेना पठाउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाप्रति युक्रेनले कडा प्रतिवाद गरेको छ।

युक्रेनी विदेश मन्त्री दिमित्री कुलेबाले रुसमाथि कडा प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसंघ र अमेरिकासँग माग गरेका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो मुलुकले अब मात्र वार्ताभन्दा कडा कदम चाल्न आग्रह गर्ने बताएका छन्। मंगलबार बिहान सखारै टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले अब युक्रेनका को साँचो मित्र र सहयोगी हो भन्ने देखिने बताए। रुसले युक्रेनको सम्प्रभुता र अखण्डताको उल्लंघन गरेको उनले बताए।

मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.