मेष- मिहिनेतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ। परोपकारमा मन जाला। अधुरा काम बन्ने र नयाँ काम पाइनेछ। प्रेममा सफलता मिल्ने समय छ। आर्थिक उपार्जनमा सुधार आउनेछ। कृषि र पशुपालनमा सामान्य फाइदाको योग छ।
वृष- बोलीको प्रभाव बढ्नुका साथै मान सम्मानसमेत पाइनेछ। आर्थिक समुन्नतिको योग छ। अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ। धनलाभ होला। आर्थिक कारोबार हुने दिन छ। आफन्तसँग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ।
मिथुन- खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने योग छ। कडा प्रयास गरे पनि सफलता हात लाग्ने बेलामा वादविवाद हुन सक्छ। परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ। धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ।
कर्कट- धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ। आँटे-गरेका काम पूरा भई धनलाभ हुन सक्छ। अरूले आदर गर्नेछन्। मान सम्मान मिले पनि मनमा डर रहने छ। उत्तम रोजगारी मिल्नेछ र नोकरीमा पदोन्नतिसमेत हुनेछ। व्यवसायमा अनुकूल परिवर्तन होला।
सिंह- पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। दिन सुखमय बित्ने देखिन्छ। पढाइलेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ। नसोचेको ठाउँबाट आर्थिक लाभ पनि होला।
कन्या- पढाइ लेखाइमा रुचि बढ्नेछ। आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ। समय मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यावसायिक यात्राको सम्भावना छ। सहयोगीहरूबाट उचित सहयोग पाइनेछ। पारिवारिक असमझदारी र बन्धुबान्धवसँग मनमुटाव पनि होला।
तुला- पारिवारिक समस्याले पिरोले पनि विस्तारै समाधानतिर उन्मुख हुनेछ। अनावश्यक झमेलामा परिएला। आज केही हानी हुन सक्छ, सावधान रहनु होला। केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ। रोगको कारणले पैसा खर्च हुने दिन छ।

वृश्चिक- साहसिक र कठिन काममा सक्रियता बढ्नेछ। पुराना साथीसंगीसँग भेटघाट गर्ने अवसर जुट्ला। रमाइलो तरिकाले कामहरू गर्न पाइनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ। यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ।
धनु- विभिन्न भौतिक साधन जुट्नुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ। आयआर्जनमा राम्रो दिन छ। केही नयाँ काम गर्न परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ। सन्तानबाट फाइदा र सुख मिल्ने योग छ। रोकिएका काम शुरु हुनेछन्। दिन रमाइलै बित्ला।
मकर- स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि पूरा हुनेछन्। मानहानी वा अपजशको सम्भावना छ। कसैको लहैलहैमा टाढाको यात्रासमेत हुन सक्छ।
कुम्भ- सुख सुविधा र विलासिताका साथमा समय बित्नेछ। सरकार र राज्य पक्षबाट लाभ प्राप्त हुनेछ। मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव सिर्जना गर्नेछ, सावधान रहनु होला। लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ, होश पुर्याउनु होला।
मीन- दुर्गम स्थान र टाढाको यात्रा सम्भावना छ। पढाइलेखाइमा प्रगति हुनेछ। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। भूमि, घर अथवा वाहन प्राप्तिको योग छ। अनावश्यक खर्च, कर्जा र चोटपटक लाग्न सक्छ, सावधान रहनु होला।