• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

इन्डो–प्यासिफिक रिपोर्ट : भारतलाई चीनविरुद्ध उक्साउने प्रयास


शनिबार, माघ २९, २०७८ मा प्रकाशित

Advertisement

अमेरिकाले इन्डो–प्यासिफिक रणनीतिबारे रिपोर्ट सार्वजनिक गर्दै भारतलाई चीनविरुद्ध उक्साउने प्रयास गरेको छ। रिपोर्टमा भारतको मुख्य भूराजनीतिक चुनौति चीन र ऊसँग जोडिएको सीमा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ (एलओएसी) भएको उल्लेख छ।

भारत चौतर्फी भूराजनीतिक घेरामा रहेको दाबी पनि रिपोर्टमा गरिएको छ। अमेरिकाको स्थानीय समय शुक्रबार जारी गरिएको यो रिपोर्ट इन्डो–प्यासिफिक रणनीतिमाथि बाइडेन प्रशासनको पहिलो सार्वजनिक दस्तावेज हो। भारतसँग सहयोग बढाउने उद्देश्य उल्लेखित रिपोर्टमा चीनको भने चर्को आलोचना गरिएको छ।

भारतलाई दक्षिण एसियाकै नेतृत्वदायी मुलुकको रूपमा अमेरिकाले साथ दिने आशय रिपोर्टको छ, जसले भारतलाई उसका छिमेकीहरूसँग मजबुत सम्बन्ध नभई तनाव बढाउने अस्त्रको काम गर्ने निश्चित छ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले रिपोर्ट सेयर गर्दै ट्विट गरेका छन्, ‘हाम्रो इन्डो–प्यासिफिक रणनीति एक यस्तो क्षेत्रका लागि दृष्टिकोण तय गर्छ, जो स्वतन्त्र, मुक्त, आपसमा गाँसिएको, समृद्ध, सुरक्षित र लचिलो हुनेछ। इन्डो–प्यासिफिकमा एक राष्ट्रको हिसाबमा हामी त्यस दृष्टिकोणलाई साकार पार्न आफ्नो सहयोगी र साझेदारहरूसँग काम गर्न प्रतिबद्ध छौँ।’

यस्तै, रिपोर्टमाथि प्रतिक्रिया व्यक्त गर्दै अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भनेको छ, ‘हामी एक रणनीतिक साझेदार बनिरहन चाहन्छौँ, जसमा अमेरिका र भारतले दक्षिण एसियामा स्थिरतालाई बढावा दिन एकसाथ र क्षेत्रीय समूहहरू मार्फत काम गर्नेछन्।’

त्यसमा स्वास्थ्य, अन्तरिक्ष, साइबरस्पेसजस्ता क्षेत्रमा भारतसँग सहकार्य हुने ह्वाइट हाउसको भनाइ छ। आर्थिक र प्राविधिक सहयोगको दायरालाई अझ फराकिलो बनाउने इच्छा ह्वाइट हाउसले व्यक्त गरेको छ।

भारतले केही गम्भीर चुनौतिको सामना गरिरहेको उल्लेख गर्दै रिपोर्टमा एलओएसीमा चीनको व्यवहारको प्रभाव भारतमा परिरहेको दाबी गरिएको छ। यो रिपोर्ट त्यतिबेला सार्वजनिक भएको छ, जतिबेला क्वाड देशका विदेश मन्त्रीहरूको बैठक चलिरहेको छ। क्वाडमा अमेरिका, भारत, जापान र अस्ट्रेलिया सहभागी छन्। क्वाड विदेश मन्त्रीहरूले शुक्रबारको बैठकमा इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई लिएर चिन्ता व्यक्त गरेका थिए।

चीनको आक्रामकता संसारभर फैलिएको तर त्यसमा पनि इन्डो–प्यासिफिकमा सबैभन्दा तीव्र रहेको अमेरिकी निष्कर्ष छ। अस्ट्रेलियामाथि आर्थिक दबाब, भारतसँग एलओएसीमा संघर्ष, ताइवानमाथि बढ्दो दबाब, पूर्वी र दक्षिण चीन समुद्रमा छिमेकी मुलुकमाथि ‘दादागिरि’लगायत चीनको व्यवहारले अमेरिका र उसका सहयोगी मुलुकमाथि चुनौति थपिएको रिपोर्टमा दाबी गरिएको छ।

शनिबार, माघ २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.