Advertisement
नयाँदिल्ली- अमेरिकी कम्पनी अमेजनलाई भारतमा दुई सय दुई करोड भारतीय रुपैयाँ जरिवाना गराइने भएको छ ।
भारतीय प्रतिस्पर्धा आयोगले उक्त निर्णय सुनाएको हो । आयोगले दुई वर्षअघि आफूले अमेजन र फ्युचर कुपन्स प्रालिबीच खरिद–बिक्रीका लागि दिएको मन्जुरी पनि निलम्बन गरेको छ ।
अगस्ट २०१९ मा दुई कम्पनीबीच भएको सम्झौताअनुसार अमेजनले फ्युचर कुपन्सको ४९ प्रतिशत हिस्सेदारी खरिद गर्नुपर्ने थियो ।
नोभेम्बर २०१९ मा आयोगले दुई कम्पनीको सेयर खरिद–बिक्रीसम्बन्धी सौदाबाजीलाई स्वीकृति दिएको थियो । त्यतिबेलै आयोगले अधिग्रहण गर्नेले दिएको जानकारी गलत पाइएमा जुनसुकै बेला मन्जुरी आदेश रद्द हुने बताएको थियो ।