मोरङ- विराटनगर महानगरपालिका-१२ पटुवारी टोलमा पार्किङ गरी राखेको को.२९ प ६६०० नम्बरको स्कुटर चोरी गरेको अभियोगमा सोही महानगरपालिका-१२ बस्ने २२ वर्षीय गणेश कुमार रामलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
उक्त स्कुटर चोरी गरी लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्कुटर सहित उनलाई पक्राउ गरेको हो ।