• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

सृष्‍टि चलाउँछ चट्याङले !


    Avatar photo
मङ्गलबार, असार २६, २०८० मा प्रकाशित

पृथ्वीमा जीवन कसरी शुरु भयो भन्‍ने प्रश्‍नमाथि लामो समयदेखि वैज्ञानिक खोज, अनुसन्धान जारी छन्। यसमा थप एउटा अनुसन्धान भएको छ। एक अर्ब वर्षअघि चट्याङबाट निस्किने विद्युतीय ऊर्जाले पृथ्वीमा सृष्‍टि र जीवन रचना सम्भव बनाएको हुन सक्ने आकलन यो अध्ययनको छ।

Advertisement

यो नयाँ विचारको केन्द्र चट्याङबाट उत्पादित ऊर्जा जमिनमा ठोक्किँदा प्राकृतिक धातु पैदा हुन्छ भन्‍ने हो। यस्तो धातुमा फस्फोरस हुन्छ। सृष्‍टिका लागि मुख्य आधारभूत सामग्रीमध्ये एक हो, त्यस्तो प्राकृतिक धातु। यस्तो धातुका अंश प्रायः अघुलनशील चट्टानभित्र हुन्छ।

पृथ्वीले सृष्‍टिको शुरुवातमा लामो समय चट्याङको प्रशस्त प्रहार खेपेको हुन सक्ने अनुसन्धानकर्ताहरूको आकलन छ, जसले जीवनका लागि अत्यावश्यक फस्फोरस उपलब्ध गरायो।

‘यस प्रक्रियाले हामीलाई पृथ्वीमा कसरी जीवन सिर्जना भएको हुन सक्छ र पृथ्वीजस्ता अरू ग्रहमा पनि कसरी जीवन सम्भव हुन्छ भनेर बुझ्‍न मद्दत गर्छ,’ येल विश्‍वविद्यालयका भू तथा ग्रह वैज्ञानिक बेन्जामिन हेस भन्छन्, ‘यसले चट्याङबाट निस्कने बिजुलीले जीवनको उत्पत्तिबारे महत्त्वपूर्ण जानकारी दिन्छ।’

प्रतिक्रियात्मक फस्फोरस घुलनशील खनिज ‘स्राइबरसाइट’मा पाउन सकिन्छ। ‘स्राइबरसाइट’ प्रशस्त भएको उल्कापिण्डले पृथ्वीका लागि आवश्यक फस्फोरस उपलब्ध गराएको हुन सक्ने आकलन वैज्ञानिकहरूको छ। जब पृथ्वीमा पहिलोपटक जीवन अंकुराउँदै थियो, शायद हाम्रो ग्रहले निरन्तर उल्कापिण्डको प्रहार खेपिरहेको थियो।

विभिन्‍न ‘स्पेक्ट्रोस्कोपिक इमेजिङ’ प्रविधि प्रयोग गर्दै अनुसन्धानकर्ताले प्रशस्त माटोयुक्त भूमिमा चट्याङ पर्दा उत्पन्‍न भएको प्राकृतिक धातुभित्र ‘स्राइबरसाइट’को मात्रा पाइने पत्ता लगाएका छन्। कम्प्युटर मोडेलमार्फत अनुसन्धानकर्ताले शुरुको पृथ्वीमा प्रत्येक वर्ष एकदेखि पाँच अर्बपटक चट्याङ परेको अनुमान गरेका छन्। अहिले यो दर वार्षिक करिब ५६ करोडपटकमा सीमित रहेको वैज्ञानिकहरूको भनाइ छ।

एक अर्ब वर्ष वा त्यसभन्दा अगाडि चट्याङ पर्ने गणना गर्दा वैज्ञानिकहरू एक ‘क्‍विन्ट्रिलियन’ प्रहारसम्म पुर्‍याउन सक्छन्। त्यसैबाट पृथ्वीमा प्रयोगयोग्य फस्फोरसको पर्याप्त मात्रा उपलब्ध भएको र सोहीमार्फत डीएनए, आरएनए र जैविक कोषिका निर्माण गर्न मद्दत पुगेको हुन सक्ने र त्यसैबाट सृष्‍टिको आरम्भ भएको आकलन वैज्ञानिकहरूको छ।

वास्तवमा ३.५ अर्ब वर्षअघि नै उल्कापिण्डको प्रहारले दिएको फस्फोरसभन्दा चट्याङबाट प्राप्त फस्फोरस पृथ्वीले बढी पाएको हुन सक्छ। अध्ययन टोलीको निष्‍कर्ष छ- यही नै सृष्‍टिको पहिलो जीवन रचना हुन सक्छ।

फस्फोरस रसायनको एक सटिक मिश्रणको एक अंश मात्र हो, जुन सृष्‍टिको आरम्भमा पृथ्वीमा मिसिएको हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ।

चट्याङको केन्द्रका रूपमा उष्‍ण तापक्रमको क्षेत्र रहेको हुन सक्ने आकलन पनि अध्ययन टोलीको छ। सृष्‍टिका लागि अत्यावश्यक पानीलगायत वस्तु उपलब्ध रहेका उष्‍ण क्षेत्रमा चट्याङबाट प्रशस्त फस्फोरस प्राप्त हुँदा जीवनको उत्पत्ति भएको हुन सक्ने आकलन पनि वैज्ञानिकहरूको छ।

यही विचारमा आधारित रहेर अन्य ग्रहमा पनि जीवनको खोजी गर्न सकिने उनीहरूको ठम्याइ छ। किनकि, यस्तै घटनाक्रम अन्य ग्रहमा पनि हुन सक्छ।

साइन्सअलर्टबाट

मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.