Advertisement
लन्डन- बेलायतमा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमणबाट पहिलोपटक एक बिरामीको मृत्यु भएको छ ।
त्यसलगत्तै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोभिड–१९ विरुद्ध खोपको बुस्टर डोज लगाउन आफ्ना नागरिकलाई आह्वान गरेका छन् ।
ओमिक्रोन संक्रमितहरू अस्पताल भर्ना हुने दर बढेकामा उनले चिन्ता व्यक्त गरेका छन् । डिसेम्बर अन्तिमसम्ममा सबै बयस्क नागरिकलाई बुस्टर डोज खोप दिइने घोषणा प्रधानमन्त्री जोनसनले गरेका छन् ।