• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

टिकटकमा यसरी फैलाइयो लकडाउनबारे भ्रामक भिडियो


बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं- केही साता अघि दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको नयाँ कोरोना भेरियन्ट ‘ओमिक्रोन’ विश्वका विभिन्न भूभागमा फैलिने क्रम बढेसँगै यो नेपालमा भित्रिने खतरा पनि बढेको छ। यही नयाँ भेरियन्ट फैलिने त्रास सँगै लकडाउन हुन सक्ने अनमान गरिएको छ। यसै सन्दर्भमा भिडियो बनाई शेयर गरिने सामाजिक सञ्जाल टिकटकमा यस नयाँ भेरियन्टका कारण नेपालमा लकडाउन सुरु भएको भन्दै भ्रामक सूचना फैलाइएको छ।

news_24npllite नामक टिकटक एकाउन्टबाट ‘सरकारले जारी गरेको लकडाउन को सूचना मंगलबार बिहान ६ बजेदेखि देशैभर लागू’ भन्ने शीर्षकमा गत मंसिर ११ गते भिडियो शेयर गरिएको थियो जसमा १ लाख २७ हजार बढी प्रतिक्रिया आएका छन् भने २५ लाख भन्दा धेरै पटक हेरिएको छ। उक्त भिडियो ९५५४ जनाले शेयर गरेका छन्। नेपाल लाइभको लोगो भएको उक्त भिडियोमा सडकमा एम्बुलेन्स गुडिरहेको र प्रहरीले स्कुटर चालकलाई जाँच गरिरहेको दृश्य छ। ‘सरकारले जारि गरेको लकडाउनको सूचना मंगलबार बिहान छ बजेदेखि देशैभर लागू, एक सातासम्मका लागि घरबाट बाहिर ननिस्कन सरकारको आदेश’ भन्ने समाचारको क्लिप पनि समावेश गरिएको छ।

तथ्य जाँच

उक्त भिडियोमा नेपाल लाइभको लोगो भएकाले हामीले सर्वप्रथम सो अनलाइनले हालै प्रकाशित गरेका समाचारका भिडियो हेर्यौ। त्यस क्रममा लकडाउन सम्बन्धी हालै समाचार प्रकाशित नभएको पाइयो। भिडियोमा मंगलबारदेखि लकडाउन भनिएको हुनाले हामीले उक्त भिडियो नेपालको पहिलो लकडाउनको हुनसक्ने आकलन गर्‍यौं। नेपालमा पहिलो लकडाउन २०७६ चैत्र ११ गते मंगलबार शुरु भएको थियो। यसै कारण हामीले नेपाल लाइभको २०७६ चैत्र १० र ११ गतेको समाचार हेर्दा उक्त भिडियो २०७६ चैत्र ११ को समाचारको भएको पत्ता लाग्यो। नेपाल लाइभमा प्रकाशित १४:५२ सेकेण्ड लामो समाचारबाट ११ सेकेण्ड काटी ‘सरकारले जारी गरेको लकडाउन को सूचना मंगलबार बिहान ६ बजेदेखि देशै भर लागू’ भन्ने वाक्य समावेश गरी उक्त भिडियो टिकटकमा अप्लोड गरिएको पाइयो।

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रास बढिरहेको अवस्थामा पुरानो समाचारलाई हालको जसरी लकडाउन भन्दै शेयर भएपछि कैयौंमा भ्रम फैलिएको छ भने कतिपय प्रयोगकर्ताहरुले यसको वैधानिकतामाथि प्रश्न पनि गरेका छन। कतिपयले यो पुरानो समाचार भएको प्रतिक्रिया दिएका छन्।

टिकटकमा प्रयोगकर्ताले कुनै भिडियोमा प्रयोग गरेको श्रव्य सामग्री अन्य प्रयोगकर्ताले आफ्नो अनुकुल बनाई भिडियो बनाई, तस्बिरमा वा अभिनय गरी शेयर गर्न सक्छन्। यही विशेषतालाई उपयोग गर्दै सो लकडाउनसम्बन्धी भिडियोको श्रव्य सामग्री प्रयोग गरी टिकटक प्रयोगकर्ताहरुले १९५ वटा भिडियो बनाएका छन्। कतिपयले उक्त श्रव्य सामग्री प्रयोग गरी आफै खिचेका पुरानो लकडाउनको भिडियो राखेका छन् भने कतिपयले अन्य भिडियो, तस्बिर र अभिनय गरेको भिडियो अप्लोड गरेका छन्। कतिपयले उक्त श्रव्य सामग्री प्रयोग गरी छुट्टै भिडियो बनाई ‘के यो साँच्चिकै हो त?’ भनी प्रश्न पनि गरेका छन्।

mr.shreekant_kushwaha1 नामक एकाउन्टबाट नेपाल लाइभकै हालसालैको समाचारको भिडियोको अंश प्रयोग गरिएको भिडियो अप्लोड गरिएको छ। नेपाल लाइभले आफ्नो यूट्यूब च्यानलमा मंसिर १२, २०७८ मा बेलायत, जर्मनी, ईटाली र अष्ट्रेलियामा ओमिक्रोन भेरियन्ट फैलिएको समाचार (जसम स्क्रिनमा ‘फैलिदै ओमिक्रोन भेरियन्ट’ क्याप्सन लेखिएको छ) को भिडियो अंशलाई mr.shreekant_kushwaha1 ले पुरानो श्रव्य सामग्रीमा प्रयोग गरी अंग्रेजीमा ‘टुडेज ब्रेकिङ न्युज’ भनी शेयर गरेका छन्। उक्त लकडाउनको पुरानो श्रव्य समाचार र नयाँ ‘फैलिदै ओमिक्रोन भेरियन्ट’ उल्लेखित भिडियो हेर्दा यो समाचार हालसालको जस्तो देखिन्छ। उक्त भिडियोमा ४४ हजार बढी प्रतिक्रिया आएको छ भने ५ लाख बढी पटक हेरिएको छ। उक्त भिडियो १४३३ जनाले शेयर गरेका छन्।

यसैगरी itsmebinita8 नामक टिकटक एकाउन्टबाट ‘Routine of Nepal Banda’ नामक फेसबुक पेजले मंसिर १३, २०७८ मा फेसबुकमा अपडेट गरेको कोभिडका केशहरु सम्बन्धी जानकारीको स्क्रिनसट लिई उक्त स्क्रिनसटमा news_24npllite ले अप्लोड गरेको भिडियोको श्रव्य सामग्री प्रयोग गरी बनाइएको भिडियो शेयर गरिएको छ। सो भिडियोमा स्क्रिनको बीचमा रोमन अंग्रेजीमा ‘फेरि लकडाउन छ्या’ लेखिएको छ। उक्त भिडियोमा ३५० भन्दा धेरै प्रतिक्रिया आएको छ भने ७००० भन्दा बढी पटक हेरिएको छ।

यसरी पुरानो भिडियोलाई नयाँ जसरी पुन: शेयर गरिएको एक भिडियोको श्रव्य सामग्री प्रयोग गरी विभिन्न तरिकाले सम्पादन गरी भ्रामक सूचना फैलाइएको देखिन्छ।

के हो ओमिक्रोन?

दक्षिण अफ्रिकाको बोत्सवानामा पहिलो पटक पहिचान भएको कोभिड १९ को पछिल्लो भेरियन्टको नाम हो ‘ओमिक्रोन’। हाल विश्वको विभिन्न देशहरुमा ओमिक्रोन देखा परिसकेको छ। अमेरिका, अस्ट्रेलिया, अफ्रिकी देश, यूरोप र एसियाका विभिन्न देशहरुमा ओमिक्रोन भेरियन्ट देखा परिसकेको छ भने हालसम्म दक्षिण एसियाली देशहरुमा ओमिक्रोन भेरियन्ट फेला परेको जानकारी छैन। तर कोभिड निकै नै चाँडो एक अर्कामा सर्ने र फैलिने हुँदा विश्वका धेरै देशहरुले एक देशबाट अर्को देशमा हुने यात्रामा प्रतिबन्ध लगाएका छन्।

नेपाल सरकारले हाललाई अफ्रिकाका देशहरुबाट आउने यात्रुहरुलाई प्रतिबन्ध लगाएको छ। यसै गरी भारत सिमा नाकाबाट आउने अफ्रिकी देशका यात्रुहरुलाई प्रवेशाज्ञा नदिने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंसिर २५ गते विज्ञप्ति प्रकाशित गर्दै सचेत रही अत्यावश्यक बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अपिल गरेको छ।

हालसम्म ओमिक्रोन भेरियन्ट कति खतरनाक छ भन्ने तथ्य सार्वजनिक भइसकेको छैन। विश्व स्वास्थ्य संगठनका अनुसार यो पुराना कोभिड भेरियन्टभन्दा धेरै संक्रामक र घातक छ कि छैन भन्ने हालसम्म पत्ता लागिसकेको छैन।

(यो सामग्री साउथ एसिया चेक डट ओआरजीे तयार पारेको हो)

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

भर्खरै

  • १.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ४.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ६.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ७.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ८.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.