इस्लामाबाद- पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा भएको सडक दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ।
Advertisement
सर्वसाधारण चढेका एक भ्यान गहिराइमा खस्दा १० जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौं व्यक्ति घाइते भएका छन्।
घाइतेको संख्या धेरै भएकाले मृतक संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। यद्यपि यस समाचारको विस्तृत विवरण प्राप्त हुन भने बाँकी छ।