• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

यी हुन् ब्रह्माण्डका ११ आयाम, पृथ्वी कुन आयाममा?


बिहिबार, जेठ ११, २०८० मा प्रकाशित

काठमाडौं- वैज्ञानिकका अनुसार ब्रह्माण्डमा ११ वटा आयाम छन्। तिनै आयामलाई हामी भगवान् भन्छौं। जसलाई हामी भगवान् मान्छौं, उनले विभिन्‍न आयाममा ब्रह्माण्डको रचना गरेका छन्। टाइम ट्राभल्स, प्यारालल युनिभर्स सबै यिनै डाइमेन्सन्समा आधारित भएको मानिन्छ।

Advertisement

यी ११ वटा आयाममध्ये कुनमा कुन भगवान् बस्छन्? के छ यी आयामहरूको रहस्य? किन वैज्ञानिक यी आयामलाई बुझ्‍न लागिपरेका छन् त?

(१) पहिलो डाइमेन्सन

ब्रह्माण्डको पहिलो आयाममा एउटा सरल रेखा हुन्छ। यो आयाममा बस्‍ने प्राणी अगाडि वा पछाडि मात्र जान सक्छन्। जस्तो- सर्कसमा रहेको खेलाडी डोरीको सन्तुलन बनाएर एक काठको सहायताबाट चल्छ। या त ऊ अगाडि जान सक्छ या पछाडि सर्न सक्छ। त्यसैले यो आयाममा बस्‍ने प्राणी पनि अगाडि वा पछाडि मात्र जान सक्छन्। दायाँ-बायाँ र तल-माथि जान सक्दैनन्।

(२) दोस्रो डाइमेन्सन

ब्रह्माण्डको दोस्रो आयाम एक समतल सर्फेस अर्थात प्लेन सर्फेस हो। यस आयाममा बस्‍ने प्राणी अगाडि, पछाडि मात्र होइन, दायाँ-बायाँ पनि जान सक्छन्। जसरी हामी मोबाइल वा कम्प्युटरमा भिडियो हेर्छौं, त्यो पनि टु डाइमेन्सनल सर्फेसमा देख्छौं। त्यसैले हामीलाई टु डाइमेन्सनल सर्फेसमा भिडियो हेर्दा थ्री-डी दुनियाँलाई देखेजस्तै अनुभूति हुन्छ। हामीलाई लाग्छ-पहिलो र दोस्रो डाइमेन्सनमा कुनै प्राणी बस्दैनन्। तर, यो ब्रह्माण्ड अनन्त सम्भावनाले भरिएको छ। यस अनन्त दुनियाँमा असम्भव भन्‍ने कुरा केही छैन।

(३) तेस्रो डाइमेन्सन

ब्रह्माण्डको तेस्रो आयाम भनेको थर्ड डाइमेन्सन हो। जसमा बस्‍ने जीव अगाडि-पछाडि मात्र होइन, दायाँ-बायाँ र माथि-तल पनि जान सक्छन्। यसको ज्वलन्त उदाहरण हाम्रो दुनियाँ हो। यो दुनियाँमा आउन-जान सबैलाई स्वतन्त्रता छ। हामी बस्‍ने दुनियाँ थर्ड डाइमेन्सन हो। जसलाई तीन आयामी अर्थात् थर्ड डाइमेन्सनल दुनियाँ पनि भनिन्छ। यी तीन आयामलाई नियन्त्रण पनि गर्न सकिन्छ। यसका अतिरिक्त ब्रह्माण्डका अन्य डाइमेन्सनलाई हाइयर डाइमेन्सन भनिन्छ। जसलाई नियन्त्रण गर्न सकिँदैन। हाइयर डाइमेन्सनमा के चलिरहेको छ भन्‍ने हामी देख्‍न पनि सक्दैनौं।

(४) चौथो डाइमेन्सन

ब्रह्माण्डको चौथो डाइमेन्सनको बारेमा अल्बर्ट आइन्सटाइनले आफ्नो पुस्तक ‘थ्योरी अफ रिलेटिभिटी’मा पनि चर्चा गरेका छन्। त्यसैले अहिलेसम्म वैज्ञानिकहरू यही हाइयर डाइमेन्सनको खोजीमा जुटेका छन्। उनीहरूका अनुसार ब्रह्माण्डको चौथो आयाम समय हो। हामी सबै ब्रह्माण्डका तेस्रो आयाममा रहेर चौथो आयामको यात्रा गर्छौ। हामी सबै जन्म लिएर समयअनुसार बढ्दै बुढो भई मर्ने गर्छौं। समयको यो रेखाले हामीलाई हरेक पल भविष्यतिर लग्‍ने गर्छ।

समयमा प्राणी अगाडि नै बढ्ने गर्छ, पछाडि फर्किन सक्दैन। हामी थ्री डाइमेन्सनलाई मात्र नियन्त्रण गर्न सक्छौं। तर, हाइयर डाइमेन्सन हाम्रो नियन्त्रणमा छैन। समय पनि हाइयर डाइमेन्सन भएकाले यसलाई नियन्त्रण गर्न सकिँदैन।

समयमा हामीहरू अगाडि पछाडि देख्‍न सक्दैनौं भने टाइम ट्राभल त परको कुरा हो। जसरी ब्रह्माण्डमा चौथो आयाम छ भने त्यसलाई नियन्त्रण  गर्ने पनि कुनै न कुनै सभ्यता अवश्य छ। त्यो सभ्यताले चौथो आयामलाई सरल रूपमा नियन्त्रण गर्न सक्छ होला।

वैज्ञानिकका अनुसार चौथो आयामको सभ्यता पनि समयलाई नियन्त्रण गर्न सक्दैन होला। तर, ब्रह्माण्डको चौथो आयाममा रहने सभ्यता समयमा अगाडि-पछाडि देख्‍न सक्ने हुन सक्छन्। यहाँ बस्‍ने जीवलाई त्रिकालदर्शी भनिन्छ। त्रिकालदर्शी उनीहरूलाई भनिन्छ, जसले भूत, वर्तमान र भविष्य देख्‍न सक्छ। वैज्ञानिकका अनुसार चौथो आयाममा रहने प्राणी भूत, वर्तमान र भविष्यलाई देख्‍न सक्ने भए पनि परिवर्तन भने गर्न सक्दैनन्।

(५) पाँचौं डाइमेन्सन

यो डाइमेन्सनले प्यारालल युनिभर्स समानान्तर ब्रह्माण्डको बाटो खोल्छ।  प्यारालल युनिभर्स भनेको हाम्रो ब्रह्माण्डजस्तै अन्य ब्रह्माण्ड छन् भन्‍ने विश्‍वास हो। त्यस्ता ब्रह्माण्डमा हामीजस्तै मानिस हुन्छन्, हाम्रोजस्तै जीवनशैली चलिरहेको हुन्छ भन्‍ने विश्‍वास गरिन्छ। तर, फरक-फरक ब्रह्माण्डको अवस्था फरक नै हुन्छ र फरक घटना भइरहेको हुन सक्छ।

वैज्ञानिकका अनुसार समानान्तर ब्रह्माण्डका प्राणी उस्तै अनुहारका प्राणीलाई देख्‍न सक्छन्।  यसरी यदि हामी पाँचौं डाइमेन्सनमा रहेको भए आफूजस्तै अनुहारका अर्को प्राणीलाई के गर्दैछ भन्‍ने देख्‍न सक्थ्यौं। तर, यसरी देख्‍न सक्दा पनि एकअर्काेसँग कुरा गर्न भने नसकिने वैज्ञानिक बताउँछन्। जसरी हामी ऐनामा हेर्दा आफ्नो तस्बिर देख्‍न सक्छौं तर कुरा गर्न सक्दैनौं।

(६) छैटौं डाइमेन्सन

यो आयामका प्राणी समयमा अगाडि-पछाडि जान सक्छन्। यो आयामका प्राणी टाइम ट्राभल गर्न पनि सक्षम हुन्छन्। यसरी समयमा अगाडि-पछाडि  गएर घटनालाई परिवर्तन पनि गर्न सक्छन्। भूत, वर्तमान र भविष्यलाई नियन्त्रण गर्न यो डाइमेन्सनका प्राणी सक्षम हुन्छन्। छैटौं आयामका मानिस समयलाई पनि नियन्त्रण गर्न सक्ने भएकाले यो समयका प्राणी हाम्रा लागि भगवानभन्दा कम हुँदैनन्।

(७) सातौं डाइमेन्सन

यो डाइमेन्सनमा रहने प्राणी समयलाई नै नियन्त्रण गर्न सक्षम हुन्छन्। उनीहरूसँग कुनै पनि समानान्तर ब्रह्माण्डमा आउन-जान सक्ने शक्ति हुन्छ। यसरी अर्को ब्रह्माण्डमा जान सके पनि घटनालाई परिवर्तन गर्न भने उनीहरूले सक्दैनन्।

(८) आठौं डाइमेन्सन

यो डाइमेन्सनमा रहने प्राणीमा अर्को आयाममा गएर त्यहाँ हुने घटनालाई  परिवर्तन गर्न सक्ने क्षमता हुन्छ। तर, यो आयामका प्राणी त्यहाँ गएर मात्र घटनालाई परिवर्तन गर्न सक्छन्, जुन आयामको टाइम लाइन उनीहरूको आयामको टाइम लाइनसँग मिल्छ। जुन आयामको निर्माण उनीहरूको आयामभन्दा पहिले पनि भएको हुन सक्छ, या पछि पनि।

(९) नवौं डाइमेन्सन

यो डाइमेन्सनका प्राणी कुनै पनि डाइमेन्सनमा गएर घटनालाई बदल्न सक्छन्। उनीहरूसँग एक सीमा हुन्छ। कोही पनि आफ्नो सीमाभन्दा अगाडि जान सक्दैन। आफ्नो सीमा पार गर्न खोज्यो भने त्यसको प्रभाव उनीहरूको डाइमेन्सनमा पनि पर्न जान्छ।

(१०) दशौं डाइमेन्सन

यो डाइमेन्सनमा रहने प्राणीको कुनै पनि सीमा हुँदैन। उनीहरू कुनै पनि आयाममा गएर कुनै पनि चिज बदल्न सक्छन्। उनीहरू आफ्नो इच्छा मुताविक कुनै पनि कुराको निर्माण या विनाश गर्न सक्छन्। उनीहरू भूत र भविष्यलाई बदल्न सक्छन्। उनीहरू अजर, अमर हुन्छन्।

(११) एघारौं डाइमेन्सन

वैज्ञानिकहरू ब्रह्माण्डका १० वटा आयामलाई मात्र व्याख्या गर्छन्। तर, उनीहरूका अनुसार १० वटा आयामबाहेक ब्रह्माण्डमा ११ औं डाइमेन्सन पनि हुन्छ। यसको यथार्थ सार्वजनिक भएको छैन। यहाँ रहने प्राणीलाई क्रिएटर भनिन्छ, जसले यो दुनियाँलाई बनायो, जसको न आदि छ न त अन्त्य नै। जो निराकार छ। हामीले चाह्यौं भने त्यसलाई परम् ब्रह्म, परमेश्‍वर अर्थात् भगवान् पनि भन्‍न सक्छौं।

बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.