मेष- रमाइलो जमघटसँगै स्वादिष्ट भोजनको आनन्द पाइएला। दाम्पत्य जीवन सुखद रहनेछ। भौतिक साधन जुट्नेछन्। आय आर्जनका स्रोत बढ्नेछन्।
वृष- दिगो फाइदा हुने काम गर्न सकिनेछ। रोकिएका काम बन्नेछन्। बेसुरमा काम गर्ने बानीले मिहिनेत खेर जानेछ।
मिथुन- टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यवसायमा लगानी बढाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ।
कर्कट- विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। आयआर्जन पनि राम्रै हुनेछ।
सिंह- मान सम्मान बढ्नेछ। आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। चुनौतीहरू स्वतः हट्नेछन्। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कन्या- नयाँ काममा सम्झौता गर्नुपर्नेछ। पढाइ लेखाइमा समय दिन नसकिएला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
तुला- मनग्य धन आर्जन होला। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला।
वृश्चिक- नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन्। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनु होला।
धनु- प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ।
मकर- आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। सामाजिक कामको दायित्व बढ्नेछ।
कुम्भ- व्यापारमा प्रशस्त फाइदा हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। विशेष योजना गोप्य राख्नुहोला। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ।
मीन- पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।