• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

अमेरिका र चीनका प्रमुख व्यापार प्रतिनिधिबीच वार्ता


शनिबार, असोज २३, २०७८ मा प्रकाशित

वासिङटन- अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताई र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच वासिङ्टनले आफूमाथि अन्याय मानेका चिनियाँ व्यावसायिक अभ्यासबारे छलफल गरेका छन्। 

Advertisement

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा सम्बन्ध बिग्रिएपछि विश्वका दुई ठूला अर्थतन्त्रका मुख्य व्यापार प्रतिनिधिबीच भएको यो दोस्रो परामर्श हो। यी दुई अधिकारीबीच यस पहिले गत मेमा पनि दुई देशबीचको व्यापार सम्बन्धबारे छलफल भएको थियो। 

अमेरिकी व्यापार प्रतिनिधिले शुक्रबार जारी वक्तव्यमा भनिएको छ, ‘उनीहरूबीचको सोहाद्र्र आदानप्रदानका क्रममा राजदूत ताई र उपप्रधानमन्त्री लिउले द्विपक्षीय व्यापार सम्बन्धको महत्व र यसले संयुक्त राज्य अमेरिका र चीनलाई मात्र नभई विश्व अर्थतन्त्रमा समेत पारेको प्रभावलाई मनन गरेका छन् ।’

यस छलफलबारे चिनियाँ राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले दुई पक्षले ‘व्यावहारिक र रचनात्मक कुराकानीलाई सोहाद्र्रपूर्ण वातावरणमा आदान–प्रदान गरेका बताएको छ। वार्तामा दुवै पक्षले आफ्नो मुख्य चिन्ता व्यक्त गरेका र परामर्शद्वारा एकअर्काको वैध चिन्ताहरू समाधान गर्न सहमत भएका सिन्ह्वाले बताएको छ।

शुक्रबारको छलफल ‘संयुक्त राज्य अमेरिका र चीनको लागि जिम्मेवाररूपमा व्यवस्थापन गरिएको व्यापारिक सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता गर्ने अवसर रहेको एक अमेरिकी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए।

चिनियाँ पक्षको ‘गैर–बजार नीति र अभ्यास’ले अमेरिकी श्रमिक, किसान र व्यवसायलाई हानि पु¥्याएको अमेरिकी बुझाइ रहेको ताईको भनाइ छ। 

बाइडेन प्रशासनका अनुसार राष्ट्रिय कम्पनीहरूका लागि चीनले आफ्ना उद्यमीहरूलाई उपलब्ध गराएको बृहत् सरकारी अनुदान, बौद्धिक सम्पत्ति चोरी र अन्य कारकहरूले व्यापारिक जगतमा अत्यधिक असमानता पैदा गरेको देखिएको छ। 

वासिङ्टनले ‘अन्यायपूर्ण’ ठानेका व्यापारिक अभ्यासलाई उद्धृत गर्दै सन् २०१८ मा ३७० अर्ब डलर मूल्यका चिनियाँ उत्पादनमा कर लगाउने निर्णय तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए। तर धेरै अमेरिकी कम्पनीहरूले ट्रम्प प्रशासनको उक्त कदमले लागत बढाएको भन्दै थप कर लिने निर्णयको विरोध गरेका थिए। 

यसै बर्षको जनवरीमा कार्यभार सम्हालेका बाइडेनले ताईलाई चीनप्रति अमेरिकी व्यापार रणनीति र ट्रम्पले सुरु गरेको करको विस्तृत समीक्षा गर्न आग्रह गरेका छन्। 

यस हप्ता ताईले ‘लक्षित शुल्क रोक्ने प्रक्रिया’ को थालनी गर्ने घोषणा गरेका थिए। ताईले सद्भावना इशाराभन्दा चीनलाई आपूर्तिको वैकल्पिक स्रोत नभएका अमेरिकी कम्पनीहरूलाई ‘क्रमवद्धरूपमा छूट प्रदान गर्ने कुरा बताए । 

अमेरिकी व्यापार वार्ता टोलीले चीनको अमेरिकी सामानमाथिको कर नीतिको बारेमा सार्वजनिकरूपमा जानकारी गराउने कुरा बतायो। 

यो प्रक्रियालाई अक्टोबर १२ देखि डिसेम्बर १ सम्म चलाउने र यूएसटीआरले रोजगार, आपूर्ति श्रृंखला र चीनप्रति यसको समग्र नीति लगायतका कारकहरूमा थप कर र सामान बहिष्कारको प्रभावलाई तौलने कुरा बताएको छ। 

शुक्रबार ताईले अमेरिकी हितको सर्वोत्तम सेवा गर्ने नीति पछ्याउने बाइडनको लक्ष्यलाई दोहोर्याएका थिए। 

शनिबार, असोज २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.