काठमाडौं- पृथ्वीको जलवायुजस्ता जटिल प्रणालीबारे शोध गरेवापत तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मान गरिने भएको छ ।
Advertisement
बीबीसीका अनुसार स्विडेनको राजधानी स्टकहोममा आयोजित संवाददाता सम्मेलनमा यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिएको हो । पुरस्कार पाउने वैज्ञानिकहरूमा स्युकुरो मानाबे, क्लाउस हेसलम्यान र जर्जियो परिसी छन् ।
उनीहरूले संयुक्त रूपमा एक करोड क्रोना (करिब १३ करोड ६४ लाख रुपैयाँ) प्राप्त गर्ने छन् ।
स्विडिस उद्योगपति अल्फ्रेड नोबेलले आफ्नो निधन हुनु एक वर्षअघि नोबेल पुरस्कार स्थापना गरेका थिए ।