एजेन्सी
नयाँदिल्ली- चालकको लापरबाहीका कारण गत वर्ष अगस्टमा भारतको एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना भएको खुलासा भएको छ । विमान दुर्घटनाबारे गठित अध्ययन समितिको अध्ययन प्रतिवेदनले सो खुलासा गरेको हो ।
Advertisement
एक सय ९० यात्रु सवार सो विमान दक्षिणी केरलाको कालिकट विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनमा दुई पाइलटसहित २१ यात्रुको मृत्यु भएको थियो । दुर्घटनामा ७५ जना यात्रु गम्भिर घाइते भएका थिए ।
कोरोना संक्रमित भारतीय नागरिकलाइ बोकेर दुबईबाट भारत उडेको बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएर दुई टुक्रा भएको थियो । सो विमान दोस्रो पटक अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनाको दिन विमानस्थलमा भीषण बर्षा भएको थियो ।