• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

एक सन्तान कम जन्माउँदा ५८.६ टन कार्बन उत्सर्जनमा कमी


आइतबार, साउन १७, २०७८ मा प्रकाशित

Advertisement

जलवायु परिवर्तनको सामना गर्न लिइएका प्राथमिकता गलत भएको सर्वेक्षणले देखाएको छ। अधिकांश मानिसले हरित गृह प्रभावविरुद्धको प्रभावकारी ‘एक्सन’लाई कम आँक्ने गरेको पाइएको छ ।

भविष्यमा हरित गृहबाट हुने ग्यास उत्सर्जन घटाउन कम सन्तान जन्माउनु नै सबैभन्दा प्रभावकारी उपाय भएको नयाँ अध्ययनको निष्कर्ष छ । फ्रान्सको बजार अनुसन्धान फर्म ‘ग्लोबल मार्केट रिसर्च एन्ड पब्लिक ओपिनियन स्पेसलिस्ट (इप्सोस) को ‘पेरिल्स अफ पर्सेप्सन सर्भे’मा जलवायु परिवर्तनविरुद्ध प्रभावकारी ‘एक्सन’बारेमा गलत धारणा व्याप्त रहेको पाइएको हो ।

‘बजारमा धेरै मानिसले आफूले गर्न सक्ने सबैभन्दा प्रभावकारी कार्यलाई कम महत्त्व दिन्छन् र कम प्रभावकारी कदमलाई बढी,’ सर्वेक्षणको प्रतिवेदनमा भनिएको छ । यसबाट मानिसमा रहेको पूर्वधारणा कति गलत छ भन्ने देखिएको छ । र, त्यो वास्तविकताबाट धेरै टाढा रहेको स्पष्ट भएको छ ।

रिसाइक्लिङबाट बर्सेनि शून्य दशमलव दुई टन कार्बन डाइअक्साइड मात्र कम हुने गर्छ । तर, एक सन्तान कम हुँदा भविष्यमा ५८ दशमलव ६ टन कार्बन उत्सर्जनको बचत हुन्छ । यसलाई नौवटा जलवायु प्रभाव कार्यहरूमा नम्बर एक ¥यांकिङ दिइएको छ । तथापि, सर्वेक्षणमा सहभागी ११ प्रतिशत मानिसले मात्र यसलाई सबैभन्दा प्रभावकारी कार्यका रूपमा छनोट गरेका थिए ।

दोस्रो प्रभावकारी कार्यमा कार नहुनुलाई लिइएको छ । त्यसबाट बर्सेनि दुई दशमलव चार टन कार्बन उत्सर्जन कम हुने देखिएको छ । सर्वेक्षणमा सहभागी १७ प्रतिशत मानिसले मात्र यसलाई मुख्य तरिकाका रूपमा पहिचान गरे ।

कार्बन उत्सर्जन कम गर्ने तेस्रो उत्तम तरिका ६ घण्टा वा त्यसभन्दा लामो दूरीको उडानलाई जतिसक्दो कम गर्नु हो । त्यसबाट बर्सेनि १.६ टन कार्बन उत्सर्जन हुन रोक्न सकिन्छ । सर्वेक्षणमा सहभागी २१ प्रतिशत मानिसले यसलाई कार्बन कम गर्ने अवसरका रूपमा देखे ।

यस्तै, सहभागी ५९ प्रतिशत मानिसले रिसाइक्लिङलाई कार्बन उत्सर्जन कम गर्ने उत्तम तरिका भने । तर, धनी मुलुकमा बसोबास गर्ने मानिसहरूका लागि यो तरिका नौवटामध्ये सातौं स्थानमा पर्छ ।

जलवायु परिवर्तन कम गर्नका लागि चौथो मुख्य कदम नवीकरणीय ऊर्जाको प्रयोग हो । पेट्रोल वा डिजेलबाट चल्ने कारलाई विद्युतीय वा हाइब्रिडमा परिणत गर्नु पाँचौँ प्रभावकारी काम देखिएको छ । यो तरिकालाई जलवायु परिवर्तनको प्रभावका शीर्ष तीन कार्यको रूपमा मानिएको थियो ।

जलवायु परिवर्तनमाथि व्यक्तिगत प्रभाव कम गर्ने तरिकाका ३० वटा सूची सर्वेक्षणमा दिइएको थियो । र, त्यसबाट पाँचवटा टप सूची तयार पारिएको हो ।

‘कम प्याकेजिङ वस्तु खरिद गर्ने तथा कम अधिक टिकाऊ वस्तु खरिद गर्नेजस्ता कार्यहरूलाई ऊर्जा दक्षताका लागि घरहरूमा सजावटको मामिलामा कम आँक्ने गरेको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘स्थानीयस्तरमा उत्पादित खाना खानुभन्दा बोटबिरुवामा निर्भर हुँदा कार्बन उत्सर्जनमा धेरै फरक पार्न सक्छ तर सार्वजनिक अनुमानमा यो अन्य तरिकामा पर्छ ।’

ठूलो समुद्री आँधीबेहरी, हुरी बतास र बाढीजस्ता जलवायु र मौसमसँग सम्बन्धित प्रकोपको परिणामका रूपमा विस्थापित भएका मानिसको अनुपात पनि कम अनुमान गरिएको छ । ४३ प्रतिशत मानिसले अधिक मानिस जलवायु प्रकोपको सट्टा द्वन्द्वबाट विस्थापित भएको ठान्छन् । तर, वास्तवमा विश्वका दुई तिहाइ अर्थात् ६७ प्रतिशत मानिस सन् २०२० को पहिलो ६ महिनामा मौसम र जलवायु पतिवर्तनको प्रभावका कारण विस्थापित भएका पाइएको छ ।

उक्त सर्वेक्षण अमेरिका, चीन, भारत, मलेसिया, अर्जेन्टिना र स्पेनसहित ३० वटा बजारमा २१ हजारभन्दा बढी वयस्कहरूमाझ गरिएको थियो ।

आइतबार, साउन १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.