• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बोरिस जोनसनको गलत नीतिको शिकार बने बेलायती नागरिक


आइतबार, असार ०६, २०७८ मा प्रकाशित

द गार्जियन

Advertisement

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका वरिष्ठ सल्लाहकार डोमिनिक कमिङस् नेतृत्वको समितिको खुलासा र सामाजिक सञ्जालमा हालै उनले गरेका दाबीहरूमा सरकारलाई महामारीको सुरुवातमा ‘हर्ड इम्युनिटी’ नीति अपनाउन सुझाव दिइएको उल्लेख छ। तर, त्यो सुझाव अपनाउँदा धेरै संक्रमितको मृत्यु भएको पाटो बिर्सिन मिल्दैन। यी सबै घटनाक्रम आश्चर्यजनक छैनन्।

मार्च २०२० मा सरकारले अनुसरण गरेको यो नीति त्रुटिपूर्ण थियो भन्ने प्रष्ट छ। यो नीति यसकारण गलत भएको होइन कि यो सार्वजनिक रूपमा प्याट्रिक भालान्सलगायत प्रधानमन्त्री जोन्सन र उनको सरकारका धेरै वैज्ञानिक सल्लाहकारले छलफलमा ल्याएका थिए, जसले ‘हर्ड इम्युनिनिटी’ निर्माणमा मद्दत पुर्‍याउन हल्का बिरामीहरूका साथ पर्याप्त संक्रमित भाइरस प्रतिरोधी बन्ने उनीहरूको बुझाइ देखिन्थ्यो।

अन्य मुलुकले पनि भाइरसको उच्च संक्रमण वा उन्मुलनका लागि वैकल्पिक रणनीतिलाई सफलतापूर्वक लागू गर्न सकिन्छ भन्ने सोचेका थिए। त्यसका बावजुद सरकारले यो नीतिलाई अस्वीकार गरेको थियो। यस्ता धेरै तत्त्व थिए, जसले विनाशकारी ‘हर्ड इम्युनिटी’ रणनीति अख्तियार गरेका थिए।

जनसंख्याको ठूलो हिस्सामा संक्रमण अपरिहार्य र स्वीकार्य मानिएको थियो। र, त्यसलाई रोकथाम गर्न कुनै उपाय नरहेको भ्रम देखिन्थ्यो। हजारौँ मानिसको मृत्युलाई मौन रूपमा स्वीकार गरियो, जसमध्ये अधिकांश कमजोर र वृद्धवृद्धा थिए। जब कि, मार्चसम्म बेलायतले दक्षिण एसियाली मुलुकलाई हेर्दै र सिक्दै महिनौँ बिताइसकेको थियो। इटालीमा ढिलोगरी उठाइएको कदमले विनाशकारी प्रभाव देखाएको थियो, त्यसको बाबजुद पनि केही राष्ट्रिय अपवादको भावनाले प्रेरित भएकाहरूले अन्य मुलुकका अनुभव आफ्नोमा लागू नहुने सुझाव दिएका थिए।

मोडेल र त्रुटिपूर्ण सोचका पक्षमा वास्तविक संसारका प्रमाणलाई अनदेखा गरियो। सरकारी रणनीतिले बारम्बार कोभिड-१९ लाई सामान्य फ्लूका रूपमा जोड दिइरहे। तर, भाइरसको दीर्घकालीन धेरै प्रभाव पर्ने कुरालाई बेवास्ता गरियो। र, अर्थव्यवस्थाको स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यसँग सन्तुलन मिलाउने कोशिस गरियो। त्यसैले लकडाउनले थप आर्थिक क्षति हुनेमा बढी ध्यान दिइयो।

जब इम्पेरियल कलेजको मोडेलले सरकारको रणनीतिमा ‘यू-टर्न’ लिन मद्दत पुर्‍यायो। उक्त कलेजले कोरोना संक्रमणका कारण बेलायतका चार लाखजनाको मृत्यु हुने प्रक्षेपण गरेको थियो। ढिलै सही, मार्चको लकडाउन द्रुत गतिमा अनुसरण गरियो। यही कुरामा धेरै विज्ञले सरकारलाई सचेत गराउँदै आएका थिए। समयमै लकडाउन गर्न सकेको भए हजारौँ ज्यान बचाउन सकिने रहेछ भन्ने त्यसपछि मात्र सरकारी अधिकारीहरूलाई ज्ञात भयो।

यी त्रुटिपूर्ण विचारहरू गत सेप्टेम्बरमा फेरि सतहमा देखिए। सरकारको एक समितिले संक्रमितको संख्या द्रुत गतिमा बढेपछि मात्र अर्को लकडाउन गर्न सल्लाह दिएको थियो। सरकारले त्यस सल्लाहलाई पनि बेवास्ता गर्‍यो। वैज्ञानिकहरूसँग थप सल्लाह गर्नुको साटो त्यसलाई देखेको नदेख्यै गर्नमै सरकार रमायो।

लकडाउन गर्न फेरि ढिलो भयो र फेरि हजारौँ मानिसले ज्यान गुमाउनुपर्‍यो। जनवरी २०२१ मा पब्लिक हेल्थ इंग्ल्यान्डका खोप प्रमुख मेरी राम्सेले युवा वर्गलाई जोगाउन आग्रह गरिन्। फेरि पनि सरकारले भाइरससँगै बाँच्ने र स्वीकार्य मृत्युको विषय अगाडि सार्‍यो। त्यही कारण हो, अहिले खोप अभियान तीव्र बनाइँदा पनि भाइरसका नयाँ भेरियन्टहरूको संक्रमणको दर पनि उच्च छ।

नोबल कोरोना भाइरसको उच्च मृत्युदर र यसको दीर्घकालीन प्रभावका प्रश्न अझै पनि अनुत्तरित छन्। यो अन्योल चिर्नु अति जरुरी छ। केही मुलुकले भाइरस रोकथाममा सुरुमै उचित कदम उठाए। र, लकडाउनलाई कडाइका साथ पालन गराए। सार्वजनिक स्वास्थ्य र अर्थव्यवस्था दुवैमा उन्मुलन र न्यूनीकरण रणनीति अपनाएका मुलुकबीच मतभेद देखियो, जुन अद्यापि कायम छ।

भाइरसका नयाँ भेरियन्टहरू मात्र देखिएका छैनन्, ती अन्य मुलुकबाट पनि भित्रिइरहेका छन्। हालसम्म करि डेढ लाखजनाको मृत्यु भएको छ। १० लाखभन्दा बढी मानिस कोभिडसँग युद्धरत छन्। बिमारी, पीडा र मृत्यु सामान्यझैँ भएको छ। सार्वजनिक स्वास्थ्य प्रणाली मात्र होइन, अर्थव्यवस्था पनि क्षतिग्रस्त बनेको छ। भाइरसका नयाँ भेरियन्टको रोकथाम र आयातबाट बच्ने कुनै रणनीति सतहमा देखिँदैनन्।

भाइरस संक्रमणका सबै रणनीति खोपको बास्केटमा सीमित गरिएको छ। सरकारको लापरवाहीले बेलायतलाई महामारीको तेस्रो लहर उन्मुख गराएको छ। सरकारले मार्चमा गल्ती गर्‍यो भन्ने महत्त्वपूर्ण होइन। तर, ती गल्तीबाट सिकेन भन्ने मुख्य चिन्ता हो। अहिले पनि त्यही पुरानै ढर्रालाई सरकारले निरन्तरता दिइरहेको छ, जसले मानिसको जीवन र जीविकालाई जोखिममा पारेको छ।

आइतबार, असार ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.