• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

आतंकवादी आक्रमण भर्सेस सीपीईसी


आइतबार, असार ०६, २०७८ मा प्रकाशित

ग्लोबल टाइम्स

Advertisement

पाकिस्तान बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा हालै एक होटेलको पार्किङमा भएको बम विस्फोटमा परी चारको मृत्यु र १२ घाइते भए। पाकिस्तान सरकारले यसलाई ‘आतंकवादी हमला’ भनेको छ। र, त्यस होटेलमा पाकिस्तानका लागि चीनका राजदूतसहित चार चिनियाँ कूटनीतिज्ञ बसेका थिए। विष्फोटको समयमा भने चिनियाँ राजदूत बैठकका लागि होटेलबाहिर निस्केका थिए। चिनियाँ प्रतिनिधिमण्डलका सबै सदस्य सुरक्षित छन्।

‘तेहरिक-ए-तालिबान पाकिस्तान’ नामक लडाकु समूहले बम विष्फोटको जिम्मा लिएको छ। तर, आक्रमणको लक्ष्य अज्ञात छ। त्यसैले, यो आक्रमण चिनियाँ राजदूत नोङ रोङ र उनको टोलीका सदस्यलक्षित हो वा होइन भन्ने निष्कर्षमा पुग्न हतारो हुनेछ।

चीन-पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) अन्तर्गत् बलुचिस्तानमा विकासका धेरै परियोजना सञ्चालनमा छन्। त्यसमध्ये ग्वादर बन्दरगाह विश्वभर परिचित छ। यसक्षेत्रमा चिनियाँ व्यवसायी र कर्मचारीलाई लक्षित गर्दै यसअघि पनि आक्रमण भएको थियो। युरोपेली र अमेरिकी सञ्चार माध्यमले त्यस्ता आक्रमणलाई चीनद्वारा प्रस्तावित ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) को विपक्षमा स्थानीय बासिन्दा रहेको ‘न्यारेटिभ’ स्थापित गर्न खोजिरहेका छन्, जुन वास्तविकता होइन।

किनकि, पाकिस्तानमा त्यस्तो कुनै राजनीतिक शक्ति छैन, जसले आफूलाई चीनविरोधी र बीआरआईविरोधीको रूपमा चिनाउँछ। चीनप्रति पाकिस्तानी समाजको समग्र दृष्टिकोण मैत्रीपूर्ण छ। बीआरआईप्रति पाकिस्तानमा व्यापक सर्मथन छ। कारण- यसले आर्थिक विकासलाई अघि बढाएको छ। र, सीपीईसीमार्फत व्यापक रोजगारी सिर्जना भएको छ। तथापि, सुविधा वितरणको सवालमा केही निश्चित विवाद छन्। तर, ती त्यति जटिल छैनन्।

पाकिस्तानमा आतंकवादी आक्रमण मुख्यतया घरेलु राजनीतिक द्वन्द्वका परिणाम हुन्। कहिलेकाहीँ त्यस्ता आक्रमणमा पाकिस्तानमा रहेका चिनियाँ नागरिक पनि पीडित बन्छन्। र, कहिलेकाहीँ चिनियाँ नागरिकमाथि आक्रमण गर्नुको अर्थ पाकिस्तान सरकारलाई उल्झनमा पार्ने उद्देश्यबाट पनि प्रेरित हुन्छ। इस्लामाबादले पछिल्ला वर्षमा आतंकवादविरुद्ध लड्न प्रभावकारी काम गरेको छ, जसले आतंकवादी आक्रमणमा कमी आएको छ। तथापि, सीपीईसी निर्माणमा प्रगतिसँगै पाकिस्तान पुग्ने चिनियाँ नागरिक अझ बढ्ने छन्। र, सम्भावित आतंककारी हमला रोक्न पाकिस्तान सरकारले पनि थप कदम उठाउने आशा छ। र, त्यस्तो कदमले पाकिस्तानमा चिनियाँ नागरिकको सुरक्षा प्रत्याभूति दिनेछ।

पाकिस्तानले त्यहाँ पुगेका चिनियाँ नागरिकलाई बचाउन ठूलो प्रयास गरेको छ। चिनियाँ नागरिकहरूमाथि आक्रमण गरेर आतंककारीहरूले ठूलो हलचल पैदा गर्नु सजिलो काम होइन। यदि बलुचिस्तान प्रान्तमा भएको यो आतंकवादी हमला पाकिस्तानस्थित चिनियाँ राजदूतलाई निशाना बनाई गरिएको हो भने पक्कै पनि त्यो असफल भएको छ। तर, त्यसको उद्देश्य अरू नै केही भने बेग्लै कुरा हो।

सामान्यतया सीपीईसीलाई जोखिम परियोजनाको रूपमा हेर्न हुँदैन। तर, हामीले अझै पनि यसको तर्कसंगत मूल्यांकन गर्न आवश्यक छ। यसले वास्तवमा केही आतंकवादी खतराको सामना गर्न सक्छ तर यो राजनीतिक हिसाबबाट सुरक्षित छ।

बीआरआईमा हस्ताक्षर गरेका सबै मुलुकमा राजनीतिक स्थिरता र राम्रो सुरक्षा व्यवस्था हुन्छ भन्ने पनि होइन। चिनियाँ उद्यमहरूको काम केही हदसम्म जोखिमपूर्ण हुन सक्छ। चिनियाँ कम्पनीहरूले लगानीका लागि सबै मुलुकमा सुरक्षित र सहज वातावरण पाउँछन् भन्ने पनि छैन। किनकि, कतिपय मुलुकका बजारहरू यसअघि नै भरिभराउ छन्। यस्ता बजारमा चिनियाँ लगानीकर्ताले जोखिम उठाउनैपर्छ। अन्यथा अन्य प्रकारका परीक्षणतर्फ ध्यान दिनुपर्नेछ।

चीनका लागि आफ्ना ती बहादुर नागरिकको सुरक्षा महत्त्वपूर्ण कुरा हो, जो यसअघि पश्चिमा मुलुकले दोहन गरेका ठाउँहरूमा पुगेका छन्। आफ्नो क्रिडास्थलमा चीनको उपस्थिति पक्कै पनि पश्चिमा मुलुकका लागि रुचिकर नहुन सक्छ। तथापि, जोखिमपूर्ण स्थानमा पुगेका चिनियाँ नागरिक चीनको विश्वव्यापी कारोबार र लगानीका लागि प्रेरक ताकत हुन्, जसले चिनियाँ अर्थव्यवस्थाको फराकिलो आकारलाई भरथेग गर्छन्।

चीनको उदय यात्रा कठिनाइबाट गुज्रेको छ। कतिपय सफलता सहजै प्राप्त हुँदैनन्। खासगरी, चीनको उदय यात्राका सवालमा यो तथ्य अझ बढी मुखरित हुन्छ। जस्तोसुकै कठिनाइ सामना गर्नु परे पनि हार मान्नु हुँदैन। समस्याहरूको समाधान गर्दै जानु नै चीनको लक्ष्य पनि हो।

आइतबार, असार ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.