काठमाडौँ – ९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) अवार्डमा एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्सु उत्कृष्ट फिल्म घोषणा गरिएको छ । यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेका छन् ।
यो फिल्मले एक चिनियाँ–अमेरिकी लाउन्ड्री ब्यवसायको मालिकले उसको लेखापरीक्षकसँग गर्ने संघर्षको कथावस्तु पेश गर्छ । यो विजय इन्डी स्टुडियो ए–ट्वान्टी फोरको लागि ऐतिहासिक विजय हो, जसले फिल्मको कमाइलाई १ सय मिलियन डलरसम्म पुराएकाे छ ।
‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’बाट अभिनेत्री मिसेल योह ओस्कारमा सर्वश्रेष्ठ अभिनेत्री बन्ने दोस्रो गैरश्वेत अभिनेत्री घोषित भएकी छिन् ।
यो विधा जित्ने पहिलो एसियाली अभिनेत्री भएकी हुन् । यो सम्मान उनलाई मार्सल आर्ट र ‘क्राउचिङ टाइगर हिडन ड्रयागन’ र ‘एस म्याडम’जस्ता एक्सन फिल्मको लामो करिअरपछि प्राप्त भएको छ ।
अवार्ड ग्रहण गर्दै मिसेलले भनिन्, ‘महिला साथीहरु तपाईंहरुले कहिल्यै नभन्नूस कि मेरो महत्वपुर्ण समय पुरा भयो । आज राती हेरिरहेका म जस्तै देखिने सबै साना केटा र केटीहरूका लागि यो आशा र सम्भावनाको किरण हो ।
ओस्कर विजेताको सूची :
अन्तर्राष्ट्रिय फिचर फिल्म : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
उत्कृष्ट फिल्म : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स
उत्कृष्ट निर्देशक : डेनिएल क्वान र डेनिएल हेनर्ट ९एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स०
उत्कृष्ट अभिनेता : ब्रेन्डन फ्रेसर९द ह्वेल०
उत्कृष्ट अभिनेत्री : मिसेल योह
उत्कृष्ट सहअभिनेता : के ह्ये क्वान
उत्कृष्ट सहअभिनेत्री :जेमी ली कर्टिस
एनिमेटेड फिचर फिल्म : ग्विलेर्मो डेल ट्रोज पिनोसियो
उत्कृष्ट सिनेम्याटोग्राफी : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
कस्ट्युम डिजाइन :स् ब्ल्याक प्यान्थर : वाकन्डा फरेभर
डकुमेन्ट्री फिचर : नाभल्नी
डकुमेन्ट्री सर्ट : द एलिफेन्ट विस्परर्स
हेयर एन्ड मेकअप स्टाइलिङ : द ह्वेल
सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स
सर्ट फिल्म (लाइभ एक्सन) : एन आइरिस गुडबाइ
ओरिजिनल सङ : नाटु नाटु ९आर।आर।आर०
साउन्ड स् टप गन : मेभरिक
प्रोडक्सन डिजाइन : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
भिजुअल इफेक्ट्स : अवतार स् द वे अफ वाटर
फिल्म सम्पादन स: एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स
ओरिजिनल स्क्रिनप्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स
एडप्टेड स्क्रिनप्ले स: वुमन टकिङ
ओरिजिनल स्कोर : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट