• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

कोभिड महामारीमा चीन-भारत सहकार्य


आइतबार, जेठ २३, २०७८ मा प्रकाशित

गत बुधबार भारतीय विदेशमन्त्री एस. जयशंकरले भारत-चीन सम्बन्ध एक ‘कठिन चरण’बाट गुज्रिरहेको बताए। चीनले बिनासल्लाह चिनियाँ सेनाको ठूलो हिस्सा एलएसी (लाइन अफ एक्चुअल कन्ट्रोल)मा वा नजिक तैनाथ गरेको जयशंकरको आरोप थियो। यद्यपि, जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँगको कुराकानीमा भने भारतका केही कम्पनीले सामान आयातमा भोगिरहेको कठिनाइबारे बताएका थिए।

Advertisement

जयशंकरको यो भनाइले चीन-भारत सम्बन्धमा भारतका उच्चस्तरीय अधिकारीहरूको मनोदशा झल्काउँछ। यसले देखाउँछ, दुई मुलुकको सम्बन्धलाई सामान्यीकरण गर्ने पाटोमा भारतीय अधिकारीहरू निराशावादी दृष्टिकोण राख्छन्। अहिलेको चीन-भारत सम्बन्धलाई कठिन अवस्थामा रहेको बताउन सकिन्छ। राजनीतिक आदानप्रदान र आपसी विश्वासमा गम्भीर अवरोध पैदा भएको छ। आर्थिक र सांस्कृतिक आदानप्रदान पनि प्रभावित भएको छ। यद्यपि, दुवै पक्षको सीमाबाट सेना हटाउने प्रक्रिया अझै जारी छ। तर, चीन-भारत सीमाको पश्चिमी भागमा रहेका बाँकी मुद्दा पूर्ण रूपमा समाधान भएका छैनन्।

दुवै मुलुकले सीमाक्षेत्रबाट सैन्य तैनाथी हटाउन थालेपछि शान्ति र स्थिरता देखिएको छ। तर, दुवै पक्षले कूटनीतिक र सैन्य च्यानलहरूमार्फत मुठभेड कायम राखेका छन्। दुवै पक्षले फेरि तनाव नबढोस् पनि भन्न छाड्दैनन्।

चीनले भारतलाई अक्सिजन जेनरेटरहरू प्रदान गरिरहँदा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरभणे २७ अप्रिलमा लद्दाख पूर्वी भेगमा सैन्य परिचालनबारे समीक्षा गर्दै थिए। चिनियाँ ‘अब्जर्भर’हरू भारतमा कोभिड-१९ महामारीले विकराल रूप लिँदै गरेको विषयमा चिन्तित देखिन्छन्। र, घरेलु संकटबाट ध्यान हटाउन भारत सरकार आफैँ सीमातिर विवाद उत्पन्न गराउन अग्रसर हुने गरेको उनीहरूको विश्लेषण छ।

भारतमा महामारी भयावह बन्दै गएको मध्यनजर गर्दै नरेन्द्र मोदी सरकार भाइरस प्रसार कम गर्ने पाटोमा केन्द्रित देखिन्छ। महामारीको बढ्दो प्रभावका कारण मोदी सरकारसँग सैन्य टुकडीलाई सीमामा पठाउन सहज छैन। किनकि, भारतीय सेना पनि महामारी नियन्त्रणमा जुटेको छ।

यस साताको सुरुमा भारतीय सञ्चार माध्यमको रिपोर्टअनुसार रक्षामन्त्री राजनाथ सिंहले बढ्दो कोरोना महामारी सामना गर्न दिल्लीमा सेनालाई प्रयोग वा तैनाथ गर्नेबारे विचार गरिरहेको बताएका थिए। यस्तो संकटमा भारतीय अधिकारीहरू सीमातिर सैन्य तैनाथी बढाउने कुरामा नहतारिन सक्छन्। त्यसैले गत वर्षजस्तो चीन र भारतबीच सीमा विवाद हुने सम्भावना कम देखिन्छ।

भारतमा महामारीको दोस्रो लहरलगत्तै चीनले त्यसविरुद्ध लड्ने अत्यावश्यक सामग्री पठाएको छ। र, विदेशमन्त्री जयशंकरमा चीनको सहयोगप्रति कृतज्ञता पनि व्यक्त गरेका छन्। ३० अप्रिलमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको टेलिफोन संवादमा जयशंकरले चीनको सद्भावनाका लागि धन्यवाद दिएका थिए। महामारीविरुद्ध लड्न भारत चीनसँग सहकार्यका लागि इच्छुक रहेको बताएका थिए। चीनको सहयोगप्रति भारतले विगतमा गरेको व्यवहारको तुलनामा भारत सरकारको यो धेरै सकारात्मक प्रतिक्रिया हो। र, भविष्यका लागि यसलाई महत्त्वपूर्ण कदमका रूपमा पनि हेर्न सकिन्छ।

तथापि, कतिपय भारतीय नागरिकमा चीनप्रतिको गलत बुझाइ देखिन्छ। उनीहरूले चीनको सद्भावनालाई गलत रूपमा बुझ्नु दुःखद् हो। यो ‘ग्लोबल कम्युनिटी’को युग हो, जहाँ मानिसले आफ्नो साझा भविष्य निर्धारण गर्नुपर्छ। चीनले भारतलाई उपलब्ध गराइरहेको सहायता नैतिक दृष्टिकोणबाट प्रेरित छ। भारतले यसलाई कथित भूराजनीतिक सुविधा वा छुटका रूपमा प्रयोग गर्न खोज्ला भन्ने चीनको अपेक्षा छैन। यदि त्यस्तो सोच राख्ने हो भने त्यो अति संकुचित सोच हुनेछ।

भारतीय नागरिकको एउटा हिस्सा अधिक व्यावहारिक र तर्कसंगत सोच राख्छन्। त्यसैले उनीहरूले असन्तुलित भूराजनीतिक पूर्वाग्रहका साथ होइन, चीनको सहयोगलाई सद्भावका रूपमा हेर्ने छन्। तथापि, भारतमा यति ठूलो स्तरमा कोरोना संक्रमण फैलिनुको मुख्य कारा भने राजनीति नै हो।

चीन-भारत सीमामा सही र गलतबारे यसअसघ नै धेरै स्पष्टता छ। तर, भारत जहिल्यै चीनसँग सहमति कायम गर्न असमर्थ देखिन्छ र चीनलाई निरन्तर दोषारोपण गरिरहेको छ। लामो समयदेखि सीमा विवाद रहँदा भारतमा चीनविरोधी भावना घट्न सकेको छैन। तर, सत्य त्यही हो- चीन भारतसँगको सम्बन्ध सहज बनाउन प्रयत्नशील छ। त्यसको उदाहरण कोभिड-१९ महामारीमा चिनियाँ सहयोग पनि हो।

त्यसका बावजुद भारतीय विदेशमन्त्री जयशंकरले भनेजस्तै चीन-भारत सम्बन्ध ‘धेरै कठिन चरण’बाट गुज्रिरहेको छ। दुई मुलुकबीच धेरै ऐतिहासिक विवाद छन्। त्यसैले कोभिड-१९ विरुद्ध सहयोग र सहकार्यका कारणले मात्र बेइजिङ र नयाँदिल्लीबीचको तनाव कम हुने अपेक्षा राख्नु पनि अव्यावहारिक हुनेछ। किनकि, ती विवाद छोटो समयमै सुल्झिने प्रकारका पनि छैनन्।

आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.