• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

खगोलविदहरूले भेटे निकै चम्किलो र पुरानो ब्ल्याक होल


आइतबार, जेठ १६, २०७८ मा प्रकाशित

ब्रह्माण्ड उत्पत्तिको ६७ करोड वर्षपछि जन्मिएको एक ब्ल्याक होल (तारा र खगोलीय पिण्डहरू निल्ने अन्तरिक्षको छिद्र) खगोलविद्हरूले फेला पारेका छन्। यो ब्ल्याक होल अन्तरिक्षमा १३ अर्ब ३० लाख प्रकाश वर्ष टाढा भेटिएको हो। यसको बीच भागको छिद्र सूर्यभन्दा १.६ अर्ब गुणा बढी विशाल भएको अन्तरिक्षविद् बताउँछन्। यसको नाम क्विजा जे ०३१३-१८०६ दिइएको छ। सन् २०१७ मा भेटिएको जे १३४२ ं०९२८ नामक ब्ल्याक होल, ब्रह्माण्डको उमेर ६९ करोड वर्ष हुँदा उत्पन्न भएको थियो। गत मंगलबार अमेरिकी एस्ट्रोनोमिकल सोसाइटीको २७७ औँ बैठकमा घोषित यस नयाँ उपलब्धीले ब्रह्माण्डको वातावरणबारे विभिन्न प्रश्न उठाएको छ।

Advertisement

यस नयाँ ब्ल्याक होललाई ब्रह्माण्डमै नपाइने अत्यन्तै चम्किला वस्तुहरूले घेरेका छन् । यो आकाशगंगा तारापुञ्जको केन्द्रतिर पर्छ, तर यसको बीचमा सूर्यभन्दा पनि करोडौँ-अर्बौँ गुणा विशाल ब्ल्याक होल छ। ब्ल्याक होलमा भएको तीव्र गुरूत्वाकर्षणले ग्यास र धुलोलाई तान्छ र ताराहरूको परमाणुलाई सोस्छ, तर यसको वरिपरि धुलोले घेरेका चम्किलो किरणहरू देख्न सकिन्छ। त्यस्ता धुलो धेरै ठूलो गतिमा चारैतर्फ घुमिरहेको हुँदा त्यहाँबाट ठूलो ऊर्जाशक्ति बाहिर निस्कन्छ। त्यसलाई पृथ्वीबाट हेर्दा विद्युत चुम्बकीय वर्णक्रम (इलेक्ट्रो म्याग्नेटिक स्पेक्ट्रम) को उज्ज्वल प्रकाशझैँ देखिन्छ।

यो निकै चम्किलो ब्ल्याक होल हो
जे०३१३-१८०६ब्ल्याक होलको चम्काहट आकाशगंगाभन्दा एक हजार गुणा ज्यादा छ। खगोलविद्हरूले चिलीको एटाकामा मरूभूमिस्थित सबैभन्दा ठूलो रेडियो दूरबिन र मौना किया हवाईका दुईवटा अब्जर्भेटरीको मद्दतले क्विजा ब्ल्याक होल पत्ता लगाएका हुन्। यस अध्ययनमा सुपरम्यासिभ (निकै ठूलो आकारको) ब्ल्याक होलका गुणहरू र यसको दूरीबारे निकै सटिक जाँचहरू भए। उनीहरूको गणनाले यो सूर्यभन्दा १.६ करोड गुणा ठूलो भएको जानकारी प्राप्त भएको छ।

अध्ययनको तथ्यांकले यस ब्ल्याक होल ब्रह्माण्डको उमेर केवल ६७ करोड वर्ष हुँदा उत्पन्न भएको देखिनुले वैज्ञानिकहरू आश्चर्यमा परेका छन् । किनकि, खगोलीय सिद्धान्तअनुसार यति छोटो अवधिमा ब्ल्याक होलले यति ठूलो आकार ग्रहण गर्न नसक्ने अनुमान थियो ।

ब्ल्याक होल निर्माण हुने प्रणालीमा अन्य आकाशीय पिण्डहरू अवशोषित हुनुपर्छ भनिन्छ ।

क्विजा जे ०३१३-१८०६ को विशालता र यसको कारण पहिल्याउन खगोलविद्हरू अलमलमा परेका छन्। खगोलविद् जियाओ हुई फेनले यति छोटो अवधिमा यस्तो आकारको ब्ल्याक होल कसरी बन्यो भन्ने अनुमानित विचार दिएका छन्। उनको ठम्याइअनुसार यो बन्नुअघि नै सूर्यभन्दा पनि १० हजार गुणा ठूलो आकारको सुरूआती ब्ल्याक होलबाट यसको निर्माण भएको हुनसक्ने उनको दाबी छ।

उनी युनिभर्सिटी अफ एरिजोनाका खगोलविद् एवं ‘ड्याट विल बि अन्ली पोसिबल इन द डाइरेक्ट कोल्याप्स सिनारियो’ नामक शोधपत्रका सहलेखक हुन्। उनको पत्रको ‘कोल्याप्स सिनारियो’ ले ब्ल्याक होलमा ताराहरू होइन, बादलमा धेरै परिमाणमा भएको चिसो हाइड्रोजन ग्यास नै ब्ल्याक होलको प्रमुख कारण हो भन्छ।

तर, ब्ल्याक होलको कारण पत्ता लगाउने यो मात्र एक सिद्धान्त भने होइन। स्पेक्ट्रेल डेटा प्रयोग गरेर खगोलविद्हरू ब्ल्याक होलले हरेक वर्ष २५ वटा सूर्य बराबरका वस्तुहरू निल्दैछ भनी पत्ता लगाइसकेका छन्। यसको मतलब ब्ल्याक होलको आकारमा निकै वृद्धि हुँदै जानु हो। भर्खर पत्ता लागेको यस क्विजा नामक ब्ल्याक होल पनि सम्भवतः अझै ठूलो आकार लिने क्रममा रहेको फेन बताउँछन्।

आगामी ३१ अक्टोबरपछि देखिने जेम्स वेब स्पेस टेलिस्कोपले वैज्ञानिकहरूलाई ब्रह्माण्डको प्रारम्भमा यस्ता ठूला खगोलीय छिद्रहरू कसरी बन्न थाले भन्ने बुझ्न नयाँ ढोका खोल्ने विश्वास छ।

आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.