काठमाडौँ – होलीको अवसरमा ड्रिम गर्ल २’ को दोस्रो टिजर सार्वजनिक भएको छ । भारतीय चर्चित अभिनेता आयुष्मान खुराना अभिनित फिल्म ‘ड्रिम गर्ल २’को दोस्रो टिजर सार्वजनिक भएको हो
फिल्म २०२३ जुलाई ७ मा रिलिज हुँदै छ । फिल्मको पहिलो भागमा आयुष्मान युवतीको भूमिकामा देखिएका थिए ।
सार्वजनिक टिजरमा आयुष्मान (पूजा)लाई रणवीर कपूर मक्कार सँग फोनमा कुरा गरिरहेको देखाइएको छ । यससँगै रणवीरले आफ्नो फिल्म ‘तु झूठी मैं मक्कर’को बारेमा बताएका छन् ।
भारतीय सञचार माध्यमका अनुसार फिल्ममा आयुष्मानसँगै अनन्या पाण्डे, परेश रावल, अनु कपूर, विजय राज, राजपाल यादव, सीमा पहवा, गोवर्धन अस्रानी, अभिषेक बनेर्जी, मन्जोत सिंह, मनोज जोशी, अनुशा मिश्रालगायत कलाकारको अभिनय रहने छ ।
एकता कपूर र शोभा कपूरको लगानी रहेको ‘ड्रिम गर्ल २’ लाई राज शान्दिल्याले
निर्देशन गरेका छन् ।
Start at
0:45