• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

कार्बनडाइअक्साइड सोस्ने मेसिन प्रयोगबाट जलवायु परिवर्तन रोकिएला?


आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा ४१५ पीपीएम पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो। यो अझै बढ्दै गएको छ। जलवायु परिवर्तनसम्बन्धी ‘इन्टर गभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ (आईपीपीसी) ले वायुमण्डलमा जम्मा भएको कार्बनडाइअक्साइड हटाउन जरुरी भएको बताउँदैछ। उक्त संस्थाले वार्मिङको जोखिमबाट बच्न केवल उत्सर्जन रोक्नु मात्र एक अपर्याप्त पहल हो भन्दै आएको छ। कार्बनडाइअक्साइडलाई हटाउने प्रक्रियालाई नेगेटिभ इमिसन भनिन्छ।

Advertisement

कार्बनडाइअक्साइड कम गर्ने दुईवटा तरिका हुन्छन्। पहिलो तरिका वृक्षरोपण या माटोमा कार्बन भण्डार गर्ने हो। दोस्रो तरिका हावाबाट कार्बनडाइअक्साइड सोस्ने (डीएसी) प्रविधिको प्रयोग हो। यसमा परिवेशको हावाबाट कार्बनडाइअक्साइडलाई अलग गरिन्छ, जसलाई फेरि भूमिगत भण्डारण या अन्य उत्पादनहरूमा पनि बदल्न सकिन्छ।

गत साता प्रकाशित एक अमेरिकी अनुसन्धानले ग्लोबल वार्मिङलाई कम गर्न आपतकालीन तयारीका साथ डीएसी प्रविधिद्वारा निर्मित ‘सीओटु स्क्रबर’ मेसिन प्रयोग गर्ने सुझाव दियो। यसका लागि युद्दको समयमा चाहिएजस्तो कोष आवश्यक पर्छ । त्यसैले समय र मूल्यका आधारमा यस्ता मेसिन प्रयोगमा ल्याउनु उचित हुन्छ कि हुँदैन भन्ने प्रश्न उब्जेको छ।

के हो डीएसी?
वायुमण्डलको हावा सोस्ने नयाँ प्रविधिले मेकानिकल प्रणालीअनुरूप सीओटु तान्ने प्रक्रियालाई बुझाउँछ। यस्ता मेसिनले घुलीय तरल वस्तु या ठोस ‘सोर्बेन्ट’ प्रयोग गरी अन्य ग्यासहरूबाट सीओटुलाई अलग गर्छ।

स्विस कम्पनी क्लाइमवक्र्सले युरोपभर १५ वटा प्रत्यक्ष एयर क्याप्चर मेसिनहरू सञ्चालन गर्दैछ, जसमा विश्वको पहिलो व्यावसायिक डीएसी प्रणाली समावेश छ। यस्ता मेसिनलाई नवीकरणयुक्त जियोथर्मल ऊर्जा या जलेको फोहोरद्वारा उत्पादित ऊर्जाबाट सञ्चालन गरिन्छ। मेसिनहरूमा हावा तान्ने फ्यान प्रयोग हुन्छ। अवसोसित हावा कलेक्टरमा जम्मा हुन्छ, जसभित्र फिल्टरले सीओटु क्याप्चर गर्छ। एकचोटि फिल्टर भरिएपछि कलेक्टर बन्द हुन्छ र सीओटु क्रमबद्ध रूपले भूमिगत हुन्छ।

क्यानेडियन कम्पनीको ‘कार्बन इन्जिनियरिङ’ मेसिनले हावा सोस्न निकै विशाल फ्यान प्रयोग गर्छ। यी मेसिनहरू टावरको संरचनामा बनेका छन्। यस मेसिनभित्र वायुमण्डलको हावाले प्रवेश पाएपछि पोटासियम हाइड्रोक्साइडको घोलमा मिसिँदै सीओटुलाई छुट्याउँछ। त्यसपछि सीओटुलाई संकुचन गरिन्छ।

क्लाइमवक्र्स र कार्बन इन्जिनियरिङ प्रविधिलाई समर्थन गर्नेहरू यस्ता परियोजना भित्र्याउन ठूलै लगानी गर्ने निर्णय गरिसकेको बताउँछन्। विश्वव्यापी रूपमा डीएसी प्रविधिको सम्भावित बजार मूल्य सन् २०३० सम्ममा एक य अर्ब अमेरिकी डलर पुग्न सक्ने अनुमान छ।

भविष्यका लागि ठूला चुनौती
जलवायु परिवर्तनका नकारात्मक असर रोक्न हावा सोस्ने प्रविधिका धेरै अवरोध र चुनौती पनि छन्। डीएसी प्रविधि हाल अन्य सीओटु कैद गर्ने थुप्रै वैकल्पिक प्रणालीभन्दा निकै महँगो छ । तर, यस प्रविधिको बढी प्रयोग हुन थालेपछि यसको मूल्य घट्ने आशा गरिएको छ। कार्बन बजारमा नयाँ प्रविधिको उद्भवले नेगेटिभ एमिसनका थुप्रै अन्तर्राष्ट्रिय कारोबार देख्न सकिनेछ।

डीएसी मेसिनले विशाल हावाको मात्रालाई प्रशोधन गर्ने हुँदा यसलाई निकै ठूलो ऊर्जाको आवश्यकता पर्छ। यो प्रविधिले विश्वमा प्रयोग भइरहेका ऊर्जाको एक चौथाइ हिस्सा ओगट्नेछ। यद्यपि, यो प्रविधि ऊर्जा खपत कम गर्न बनाइएको हो।

यो प्रविधिले विभिन्न ठूला कम्पनीको साथ पाइसकेको छ। गत वर्ष माइक्रोसफ्टले कार्बन उत्सर्जन कम गर्नका लागि यो प्रविधि प्रयोग गरेको थियो।

अस्ट्रेलियाका लागि अवसर
अस्ट्रेलिया यो प्रविधिको प्रयोग गर्ने मामिलामा अग्रस्थानमा छ। यस्ता मेसिनको प्रयोगका लागि खेतीपाती गर्न अनुपयुक्त जमिनको खाँचो हुन्छ। अस्ट्रेलियासँग पर्याप्त मात्रामा सूर्यको किरण एवं सौर्य ऊर्जा पनि भएकाले डीएसी प्रविधिको सुविधा थालनी गर्न ठूलो अवसर छ। अस्ट्रेलियासँग संसारकै उत्तम ठाउँहरू छन्, जहाँ कार्बन भण्डार गर्न भूमिगत जलाशय छन्।

अस्ट्रेलियाली कम्पनी साउथर्न ग्रिन ग्यासर (सीएसआईआरओ)ले संयुक्त रूपमा सौर्य ऊर्जाबाट सञ्चालित डीएसी प्रविधिको विकास गर्दैछ। यदि डीएसी टेक्नोलोजीका अवरोधहरू छिचोल्न सकियो भने जलवायु परिवर्तनसँग जुझ्नबाहेक अन्य धेरै फाइदा मिल्नेछ। यसले नयाँ उत्पादन क्षेत्र सिर्जना गर्नेछ । र, कोइला खानी र खनिज उत्खनन् गर्नबाट रोजगारीबाट विस्थापित भएकाहरूले नयाँ रोजगारी पाउनेछन्।

भविष्यलाई हेर्दा
वातावरणबाट सीओटु हटाउने आवश्यकतासँग विशाल चुनौती गाँसिएको छ। यसको कार्यान्वयनमा नलाग्दा झनै ठूला चुनौति निम्तिनेछन्। जलवायु र मौसम परिवर्तन चरम अवस्थामा पुग्नेछ । पर्यावरणमा अपरिवर्तनीय क्षति हुनेछ, विभिन्न प्रजाति लोप हुनेछन् र स्वास्थ्य, खाद्यान्न, पानी र आर्थिक वृद्धि जोखिममा पर्नेछन्।

डीएसी प्रविधिले सफलता पहिल्याउन निःसन्देह आँधीकै समान चुनौती सामना गर्नुपर्नेछ । तर, सही नीति, प्रोत्साहन र बजारीकरण नै केही उपाय हुन्, जसले जलवायु परिवर्तनको नकरात्मकतालाई उल्ट्याइदिन सक्नेछ।

आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.