• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

महामारीमा राज्यहरू : एकात्मक भर्सेस संघीय शासन व्यवस्था


आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

कोभिड-१९ ले संघीय वा एकात्मक कुन प्रकारको शासन व्यवस्था ठीक भन्ने वर्षौँ पुरानो बहसलाई ब्युँताइदिएको छ। तथापि, पछिल्ला दिनमा यो विवादलाई अगाडि ल्याउने जर्मन चान्सलर एन्जेला मर्केल हुन्।

Advertisement

१६ वटा राज्यको संघीय गणतन्त्र जर्मनी कोभिड-१९ जोखिम व्यवस्थापनमा खरो उत्रिन सकेको छैन। जस्तो- मर्केलले एक टेलिभिजन अन्तर्वार्तामा समान ढंगबाट संघले कसरी यसविरुद्ध काम गर्न सक्छ भन्ने द्विविधामा परेको बताएकी छन्। किनकि, उनको अवधारणाअनुसारको नयाँ स्वास्थ्य कानूनले राज्यहरूको अधिकार खोस्छ।

अन्य संघीय शासन व्यवस्था रहेका मुलुकहरू अमेरिका, बेलायत, बेल्जियम, स्विजरल्यान्ड, ब्राजिल, भारत, अस्ट्रेलियामा जस्तै जर्मनीमा पनि एउटै प्रश्न छ- क्षेत्रीय स्वायत्तता र स्थानीय दायित्वबीच सन्तुलन कायम गर्दै महामारीमा कसरी राष्ट्रिय समन्वय र सामन्जस्यता कायम राख्न सकिन्छ ?

जर्मनीमा कुन तहको सरकारको अव्यवस्था र द्विविधाका कारण कोभिड-१९ माथि विजय पाउन कठिन भएको हो भन्ने सन्देह देखिन्छ। मुलुकको साझा नीति तय गर्न चान्सलर मर्केल राति अबेरसम्म १६ वटै राज्यका गभर्नरहरूसँग छलफल गर्छिन्। जर्मनीमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएको छ। कतिपय राज्य प्रतिबन्धलाई अझै कडा बनाउन चाहन्छन्। सरल्यान्ड, बर्लिनलगायत कतिपय राज्य भने प्रतिबन्धलाई सावधानीपूर्वक खुकुलो बनाउन चाहन्छन्।

यो बहसले पंक्तिकारलाई एकात्मक र संघीय राज्यहरूबीचको व्यापार सम्बन्धको बारेमा पुराना सन्धिहरू खोज्न प्रेरणा दियो। संघीय सरकारसँग कडा केन्द्रीय सरकारहरू थिए, जसले स्थानीय राजनीतिज्ञलाई के सुम्पने भन्ने निर्णय गर्थे। त्यसका लागि फ्रान्स एक उत्कृष्ट उदाहरण हो। केन्द्रीय सरकारका अधिकार संवैधानिक रूपमा विकेन्द्रित छन्। सोही कारण राष्ट्रिय सरकारले औपचारिक र अपरिवर्तनशील रूपमा क्षेत्रहरूसँग शक्ति बाँडफाँट गरेको छ।

संघीयताको अर्थ भनेकै निरंकुश शासकलाई बन्देज लगाउनु हो। एकात्मक र संघीय दुवै प्रकारका लोकतन्त्रमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच ‘चेक एन्ड ब्यालेन्स’ जरुरी हुन्छ। तर, संघीय शासन व्यवस्थामा राज्यहरूलाई भिटोको सुविधा हुन्छ। त्यही सुविधा प्रयोग गर्दै राज्यहरूले केन्द्रको विरोध गर्न पाउँछन्। संघीयता बहुलवाद र विविधताका लागि भने अनुकूल शासन व्यवस्था हो।

राजनीतिक रूपमा फरक क्षेत्रहरू लोकतन्त्रका लागि राम्रो प्रयोगशाला बन्छन्। र, राम्रा नीति तय गर्न प्रतिस्पर्धा हुँदा त्यसले एउटा साझा मञ्च पनि निर्माण गर्छ। अमेरिकाको क्यालिफोर्निया राज्यले वातावरणीय मापदण्डहरूका लागि विश्वकै नेतृत्व गर्छ। भारतको केरला राज्यले शिक्षा सुधारका लागि तय गरेको मार्ग निर्देशन अहिले सबैका लागि प्रेरणाको स्रोत बनेको छ।

तर, यी लाभहरूको पनि मूल्य हुन्छ। निःसन्देश कुनै असक्षम सरकारले एउटै गल्ती दोहोर्‍याइरहेको हुन्छ, जसले समन्वयको समस्या निम्त्याउँछ। कतिपय जिम्मेवारी सेयर गर्नुको साटो नक्कल गरिरहँदा अर्थतन्त्रको ठूलो हिस्सा गुम्ने जोखिम रहन्छ। जस्तो- यदि तपाईं मेडिकल रेकर्डहरूलाई विद्युतीय माध्यममा लैजाने प्रयासमा राज्य-राज्यबीच खण्डित अवस्थामा जानुभयो भने असफल बन्नु हुनेछ। तर, राष्ट्रिय प्रणाली प्रयोग गर्दा सफलता अवश्य प्राप्त हुन्छ। जर्मनीमा यसलाई ‘प्याचवर्क क्विल्ट’ भनिन्छ।

कोभिड महामारीमाथि विजय पाउने सन्दर्भमा जर्मनीमा उत्पन्न विवादहरू नियालौँ, जहाँ संघीयता ‘संगठित गैरजिम्मेवारी’ को एक ढाँचाका रूपमा प्रकट हुन्छ। क्षेत्रीय नेताहरूले संघीय सरकारलाई समस्याको सबै जड भएको आरोप लगाइरहेका छन्। र, संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिइरहेका छन्। जब कि, संघीयताले राजनीतिज्ञलाई बढी उत्तरदायी बनाउँछ भने सिद्धान्त छ। प्रयोगमा कहिलेकाहीं त्यो अभ्यास उल्टो हुन जान्छ।

यो बहसमा कुन प्रणाली वा पद्धतिको पल्ला भारी हुन्छ भन्न गाह्रो छ। किनकि, यसमा कानूनी, परम्परागत, इतिहास र संस्कृतिसम्मका थुप्रै कारकतत्त्व समेटिन्छन्।

सन् २००४ मा कटरिना नामक आँधी आउँदा अमेरिकामा अहिलेको जर्मनीमा जस्तै समस्या देखिएको थियो। अमेरिकी नागरिकले ह्वाइटहाउसको निर्णय क्षमतामाथि नै प्रश्न उठाएका थिए।

अहिले कोभिड-१९ विरुद्ध लड्न संघीय शासन व्यवस्था भएको ब्राजिल असफल भएको छ। तर, संघीय शासन व्यवस्था रहेको अस्ट्रेलिया कोभिड-१९ विरुद्ध खरो उत्रिइरहेको छ। एकात्मक शासन व्यवस्था रहेका दक्षिण कोरिया र भियतनाममा कोरोना भाइरस नियन्त्रणमा देखिन्छ। तर, एकात्मक शासन व्यवस्था नै रहेका आयरल्यान्ड, हंगेरी र फ्रान्समा भाइरस नियन्त्रणबाहिर छ।

अमेरिकाले कोरोनाविरुद्धको संघर्षमा केन्द्रित रहेर खोप धमाधम खरिद गर्‍यो र सफलता पनि पायो। तर, युरोपियन युनियनले अमेरिकाको अनुसरण गर्न खोज्दा असफलता बेहोर्‍यो। त्यसैले, संघीयता र केन्द्रीकृत राज्य व्यवस्था न प्रश्न हुन्, न त उत्तर नै।

आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.