• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

हालसम्मकै शक्तिशाली रकेटको सफल परीक्षण


आइतबार, चैत १५, २०७७ मा प्रकाशित

वासिङ्टन– अमेरिकी अन्तरिक्ष संस्था नासाले विश्वकै सर्वाधिक शक्तिशाली रकेटको सफल परीक्षण गरेको छ।

Advertisement

अस्तित्वमा रहेका रकेटमध्ये सबैभन्दा शक्तिशाली रहेको स्पेस लन्च सिस्टम (एसएलएस) नामक रकेटलाई नासाले परीक्षण गरेको हो।

रकेटको कोर स्टेजका इन्जिनहरूलाई आठ मिनटभन्दा लामो समयसम्म चलाइएको थियो। त्यो भनेको उक्त रकेटलाई पृथ्वीबाट अन्तरीक्षसम्म पुग्न लाग्ने समय हो।

एसएलएसको सबैभन्दा ठूलो भागको यो दोश्रो परीक्षण हो। गत जनवरीमा गरिएको परीक्षणको प्रयास छिटै बन्द गरिएको थियो।

स्मरण रहोस् यही रकेटबाट चन्द्रमामा मानिसलाई पठाउने योजना नासाको छ। अर्थात् एसएलएसमै चढेर सन् १९७२ पछि पहिलोपटक चन्द्रमामा मानिसलाई पठाइनेछ।

यो मिसन सन् २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुवात गरेको नासाको आर्टेमिस परियोजनाको भाग रहेको बताइएको छ।

यो रकेटमा चारवटा शक्तिशाली आरएस २५ इन्जिनहरूका साथै इन्जिनको साथमा दुईवटा बुस्टर जोडिएका छन्।

अमेरिकाको मिसिसिपीस्थित स्टेन्निस स्पेस सेन्टरमा बिहीबार उक्त परीक्षण गरिएको थियो। उक्त रकेट परीक्षणका क्रममा निस्किएको धुवाँको मुस्लो निकै विशाल रहेको र उक्त मुस्लो अन्तरीक्षबाट समेत देखिएको थियो।

नासाका अधिकारीका अनुसार रकेट परीक्षण अत्यन्तै सफल भएको छ। अमेरिकी संसदको अन्तरीक्ष तथा प्रविधि समितिले समेत परीक्षणको सफलताका लागि नासालाई बधाई दिएको छ।

बिहिबारको परीक्षणमा प्रयोग गरिएको रकेटको मुख्य भाग सन् २०२१ मा तय गरिएको एसएलएसको पहिलो चन्द्र उडानमा समेत प्रयोग हुनेछ।

परीक्षण अगाडि उक्त रकेटमा इन्जिनियरहरुले २६ लाख लिटर प्रोपेलेन्ट इन्धन भरेका थिए। प्रोपेलेन्टमा तरल हाइड्रोजन हुन्छ, जसले रकेटको इन्धनको काम गर्छ भने इन्धन दहनका लागि तरल अक्सिजनसमेत हुन्छ।

आइतबार, चैत १५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.