काठमाडौँ – भारतीय चर्चित अभिनेता जावेद खान अमरोहीको निधन भएको छ । अभिनेता जावेदको ६१ वर्षको उमेरमा मुम्बईको सान्ताक्रूजस्थित सूर्या नर्सिङ होममा निधन भएको हो ।
Advertisement
जावेद लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित थिए । उनी विगत १ वर्षदेखि हिडडुल गर्न नसक्ने अवस्थामा थिए ।
भारतीय सञ्चार माध्यमका अनुसार ओशिवारा कब्रिस्तानमा मंगलबार साँझ उनको अन्तेष्टी गरिएको छ । जावेदले एकेडेमी अवार्ड मनोनित फिल्म ‘लगान’मा सहायकको भूमिका खेलेका थिए।
जावेदले करिब १ सय ५० हिन्दी फिल्ममा काम गरेका थिए । उनले फिल्म ‘फिर हेरा फेरी’ मा प्रहरी जवानको भूमिका निभाएका थिए जसलाई दर्शकले निकै रुचाएका थिए । ‘चक दे इन्डिया’, अंदाज अपना अपना’ लगायतका धेरै फिल्मकाका कारण उनी चर्चित थिए ।