• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

माटोमुनि फेला पर्‍यो एक हजार वर्ष पुरानो ‘माया सभ्यता’


सोमबार, माघ ०२, २०७९ मा प्रकाशित

म्यानचेस्टर- वैज्ञानिकहरूले १ हजार वर्ष पुरानो ‘माया सभ्यता’को अवशेष फेला पारेका छन्।

Advertisement

मध्य अमेरिकी मुलुक ग्वाटेमालाको उत्तरी क्षेत्रमा प्राचीन माया सभ्यताका अवशेष वैज्ञानिकहरूले फेला पारेका हुन्। हावाबाट ‘लाइट डिटेक्सन एन्ड र्‍यागिङ (लिडार)’ लेजर स्क्यानिङमार्फत विलुप्त भएको माया सभ्यताको प्रमाण फेला परेको वैज्ञानिकहरूको भनाइ छ।

विशाल क्षेत्रफलमा माया सभ्यताको समयका बस्तीहरू पहिचान भएको उनीहरूले बताएका छन्। उक्त समयका भवन तथा संरचनाहरू मिराडोर-कालकमुल कार्स्ट बेसिन (एमसीकेबी) र आसपासको एक हजार ६८३ वर्गकिलोमिटरमा भेटिएका हुन्। १००० इसापूर्वदेखि २५० इसापूर्वको बीचमा ती बस्ती बसेको हुन सक्ने वैज्ञानिक आकलन छ।

अमेरिका, ग्वाटेमाला र फ्रान्सका शोधकर्ता उक्त खोजीमा संलग्न थिए। खोजी क्रममा फेला परेका बस्तीहरूमा घना आवादीको आकलन गर्न सकिने शोधकर्ताहरू बताउँछन्। त्यसको अर्थ प्राचीन मेसो-अमेरिकन स्थानमा घना आवादी रहेको प्रमाण हो।

यो खोजीमा धेरै चिज प्राप्त भएको छ। घरहरू, स्पोर्ट्स कोर्टहरू, धार्मिक तथा सार्वजनिक सभाहल, नागरिक केन्द्रहरू र तिनलाई जोड्ने नहरहरू, सघन सञ्जालसहितका भवनहरू ती बस्तीमा भेटिएका छन्।

‘तीमध्ये अधिकांश बस्ती र आसपासका अन्य बस्तीमा राजनीतिक, सामाजिक, भौगोलिक सम्बन्ध रहेको आकलन गर्न सकिन्छ। तिनमा ४१७ वटा प्राचीन शहर, साना नगर र गाउँ आपसमा गाँसिएको देख्न सकिन्छ,’ शोधकर्ताहरूले प्रकाशन गरेको शोधमा उल्लेख छ।

तीमध्ये अधिकांशमा राजतन्त्र रहेको प्रमाण पनि फेला परेको छ। फेला परेका भवनहरू निर्माण गर्न अनेकन कौशल प्रयोग गरिएको पाइएको छ। चुना उत्पादक, मोर्टार र खनिज विशेषज्ञहरू, लथिक प्राविधिक, आर्किटेक्ट, कानूनी निकाय र धार्मिक अधिकारीहरू समेत ती भवनहरू निर्माणमा सहभागी रहेको हुन सक्ने आकलन गर्न सकिन्छ।

त्यसका लागि ठूलो संख्यामा श्रमिक प्रयोग भएका हुन सक्छन्। ठूलो परिमाणमा प्लेटफर्महरू, महलहरू, साँघुहरू र पिरामिडका संरचना देख्दा त्यो मध्य र पछिल्लो प्रि-क्लासिक अवधिमा त्यस क्षेत्रमा ठूल-ठूला बस्ती रहेको प्रमाण भेटिएको शोधकर्ताहरूको भनाइ छ।

स्मार्ट ड्रेनेज र पानी संकलन प्रणाली रहेको प्रमाण पनि ती बस्तीमा भेटिएको छ। त्यो प्रणालीले बाढी र सुख्खा दुवै अवस्थामा पानीको सहज आउजाउ व्यवस्था गरिएको देख्न सकिने वैज्ञानिकहरू बताउँछन्। त्यसबाट माया सभ्यता कति विकसित थियो भन्‍ने प्रमाण फेला परेको उनीहरूको भनाइ छ।

लिडारद्वारा वैज्ञानिकहरूले जंगल क्षेत्र र अन्य वनस्पतिको विकासको मूनिपट्टि ठोस संरचनाहरू फेला पार्दै आएका छन्। खासगरी, कम्बोडियाली शहरहरू र अमेजन जंगल क्षेत्रमा रहेका प्राचीन गाउँहरूको प्रमाण संकलन गर्न यो प्रविधि सफल देखिएको छ।

(साइन्स अलर्ट डट कमबाट)

सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.