काठमाडौं- सिद्धार्थ मल्होत्रा र रश्मिका मन्दान्नाको फिल्म ‘मिशन मजनु’को टिजर सार्वजनिक भएको छ ।
Advertisement
यो फिल्मलाई शान्तनु बागचीले निर्देशन गरेका हुन् । यो फिल्म २० जनवरी २०२३ मा रिलिज हुनेछ। यो एक एक्शन थ्रिलर फिल्म हो जसमा सिद्धार्थले राँ एजेन्टको भूमिका निभाउनेछन्।
टिजरमा सिद्धार्थलाई पाकिस्तानमा बस्ने भारतीय जासुसको रूपमा देखाइएको छ, जो देशका लागि जे पनि गर्न तयार हुन्छ । यो फिल्ममा रश्मिका मन्दान्ना पनि देखिनेछिन् । एक दृश्यमा अभिनेत्री विवाहको पोशाकमा देखिएकी छिन् । यो उनको दोस्रो बलिउड फिल्म हुनेछ । यसअघि उनी गुडवाईमा देखिएकी थिइन् ।