काठमाडौँ । नेकपा माओवादी केन्द्रकी नेतृ तथा पूर्वमन्त्री बिना मगर पराजित भएकी छन् ।
Advertisement
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारीसमेत रहेकी बिनालाई एमाले नेता तारा लामा तामाङले पराजित गरेका हुन् । उनी कञ्चनपुर १ बाट विजयी भएका हुन् ।
लामाले २४ हजार ८९२ मत ल्याउँदा मगरले १९ हजार ३४६ मत ल्याएकी छन् । लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्यसमेत हुन् ।