काठमाडौँ । दक्षिण अफ्रिकाको एक अदालतले मंगलबार एक व्यक्तिलाई ९० वटा बलात्कारका घटनमा दोषी ठहर गरेको छ ।
जोहानेसबर्ग नजिकैको पाम रिजको अदालतले ३८ वर्षीया न्कोसिनाथी फाकाथीलाई उक्त सजाय सुनाएको हो ।
पीडितमध्ये अधिकांश स्कुले छात्रा छन् । तीमध्ये केही नौ वर्षसम्मका बालबालिकासमेत समावेश छन् । उक्त घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ ।
“उनले आफ्ना पीडितहरूलाई बिहान वा बेलुका स्कुल जाँदै वा फर्कने वा कामबाट फर्कने क्रममा निशाना बनाए, उनले आफ्नै घरमा पनि निशाना बनाए,’ राष्ट्रिय अभियोजन प्राधिकरणका प्रवक्ता लुम्का महञ्जनाले विज्ञप्तिमा भने ।
“उनी गिजर वा अन्य घरायसी उपकरण मिलाउन आएका इलेक्ट्रीशियन भएको बहाना गर्थे । र, बलात्कार गर्थे । कतिपय अवस्थामा एक पटकमा एक भन्दा बढी व्यक्तिलाई बलात्कार गर्दा अन्यलाई हेर्न बाध्य पार्थे,’ विज्ञप्तिमा भनिएको छ ।
उनीबाट पीडित हुनेमा अधिकांश बालबालिका थिए । पीडितमध्ये ९ वर्षदेखि ४४ वर्षसम्मका छन् ।