काठमाडौँ । सुदूरपश्चिम प्रदेशको डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । मंगलबार राति र बुधबार बिहानको भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया तुलछी बोहरा रहेका छन् । भूकम्पले घर भत्किँदा मानवीय क्षति भएको हो ।
भूकम्पमा परी पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाएर बुधबार बिहान ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । डोटीमा मंगलबार राति पनि भूकम्प गएको थियो ।