काठमाडौँ । एलोन मस्कले ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेसँगै शुक्रबार आफ्ना करिब आधा कर्मचारीलाई हटाएपछि कम्पनीले अब आफ्नो जागिर गुमाएका दर्जनौं कर्मचारीलाई सम्पर्क गर्दै छ ।
Advertisement
कम्पनीले केही कर्मचारीलाई फेरि काममा फर्किन आग्रह गरिरहेको ब्लुमबर्ग न्युजले रिपोर्ट गरेको छ । फिर्ता हुन भनिएका केहीलाई गल्तीले कामबाट निकालिएको थियो ।
इलोन मस्कले कल्पना गरेका नयाँ सुविधा निर्माण गर्न उनीहरूको काम र अनुभव आवश्यक हुन सक्छ भन्ने कुरा व्यवस्थापनले महसुस गर्नुअघि अन्य कर्मचारीलाई जान अनुमति दिइएको थियो ।
ट्वीटरले भर्खरै ट्रस्ट र सेफ्टी टिमका कर्मचारीसहित आफ्ना आधा कर्मचारीलाई हटाएको कम्पनीको सुरक्षा र अखण्डताका प्रमुख योएल रोथले यस हप्ताको सुरुमा ट्वीटमा भनेका थिए ।