• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

सोलुखुम्बुको विकास गर्न मैले चुनाव जित्नु पर्छ : बलबहादुर केसी

आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित

काठमाडौँ । सोलुखुम्बुबाट सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीले सोलुको विकास र समृद्धिका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् ।

Advertisement

सोलुखुम्बुमा आयोजित वृहत चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू ४०-४५ वर्षदेखि सोलुको विकास र समृद्धिका लागि काम गर्दै आएको बताए । अबको निर्वाचनमा आफू निर्वाचित हुने र यसपछि सोलुको सडक निर्माणसहितका काम गर्ने वाचा गरेका उनले सामाजिक एकता, विकास र समृद्धि गर्ने उम्मेदवारलाई मत दिनुपर्ने र यसका लागि आफू योग्य रहेको बताए ।

सामाजिक एकता विथोल्ने षड्यन्त्र भइरहेको भन्दै सचेत गराएका उनले आफूलाई केन्द्रीय तहसम्म सजिलै पहुँच राख्ने भएकाले सोलुखुम्बुको विकासका लागि योजना ल्याउन सकिने दाबी गरे ।

६ पटक चुनावी प्रतिस्पर्धामा चारपटक निर्वाचित भएको र दुईपटक पराजित भएको स्मरण गराउँदै नेता केसीले आफू निर्वाचित हुँदा सोलुको विकास भएको दाबी गरे ।

‘मैले ६ पटक चुनाव लडेँ । चारपटक जिताउनु भयो, दुईपटक पराजित भएँ,’ नेता केसीले कार्यक्रममा भने, ‘तपाईंहरुलाई थाहा नै छ, म निर्वाचित हुँदा सोलुको विकास भएको । पराजित हुँदा कति विकास भयो ? हेर्नु भएकै छ, सोलुको विकासकै लागि भए पनि मैले चुनाव जित्नुपर्ने विगतले पाठ दिएको छ ।’

पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रहेकाले पनि आफू निर्वाचित हुने दाबी गर्दै उनले भने, ‘मलाई कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजावादी अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मलाई चुनावमा लड्नु भन्नुभयो । म पाँच दलको साझा उम्मेदवार हुँ । पाँच दलको सहयोगमा मैले चुनाव जित्छु नै, यसपछि सोलुको विकासका लागि गर्नुपर्ने बाँकी काम गर्छु नै ।’

विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धीको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका उनले संविधान र गणतन्त्र नै जोखिममा परेपछि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहितका दलहरुको गठबन्धन बनेको बताए । संविधान र गणतन्त्रको रक्षाका लागि आगामी ४ मंसिरको निर्वाचनमा गठन्बन्धनका उम्मेदवारलाई मत दिएर जिताउन उनले सबैमा आग्रह गरे ।

यसपटक एमालेका मानवीर राईसँग प्रतिस्पर्धामा रहेका गठबन्धनका उम्मेदवार केसी सोलुको विकास र समृद्धिका लागि आफू निर्वाचित हुनुपर्ने दोहोर्‍याए ।

२०४८ सालपछि निरन्तर सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका केसी २०४८, २०५१, २०५६ र २०७० मा भएका निर्वाचनमा विजयी भएका थिए । सोलुखुम्बुबाट विजयी भएर ह्यार्टिक गरेका उनी यसपटक पनि निर्वाचित हुने दाबी गर्दै आएका छन् ।

  • चुनाव
आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु
फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

  • २.
    फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

  • ५.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ६.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ७.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ८.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.