काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाइई चुनाव जिताउन निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
Advertisement
प्रचण्डको निर्वाचन क्षेत्र गोरखा २ मा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । उक्त क्षेत्रमा सुदीप नगरकोटी प्रमुख कमाण्डर तोकिएका छन् । उनी वाईसीएलका केन्द्रीय सचिव हुन् ।
त्यस्तै, सहकमाण्डर धिरज उपरकोटी तोकिएका छन् । उनी पनि वाईसीएलका केन्द्रीय सदस्य तथा सहप्रवक्ता हुन् ।