काठमाडौँ । विश्वका धनाढ्य एलन मस्कले लिएपछि ट्विटरले आफ्ना सात हजार पाँच सय कर्मचारीमध्ये आधालाई हटाएको छ । कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार संस्था एएफपीले जनाएको हो ।
Advertisement
मस्कले लागत घटाउनका लागि ट्विटर इंकमा आधा कर्मचारी कटौती गर्ने बताउँदै आएका थिए । यसअघि ट्विटरका एकमात्र निर्देशक र सीईओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो ।
यसमा टेस्लाका ५० कर्मचारी समावेश छन् ।
मस्कले अक्टोबर २८ मा ट्विटरको ४४ अर्ब डलरमा स्वामित्व लिएका थिए । स्वामित्वमा लिएपछि मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह स्थापना गरेका कम्पनीको सूचीमा थपेका छन् ।